एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो

काठमाडौँ। एसिसी पुरुष यु–१९ एसिया कप भोलि शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (युएइ) मा हुँदैछ । पहिलो दिन भारत र आयोजक युएई तथा पाकिस्तान र मलेसियाले खेल्ने छन् । उक्त प्रतियोगिताका लागि नेपाली टोली युएइ पुगिसकेको छ । नेपालले पहिलो खेल श्रीलङ्कासँग यही मङ्सिर २७ गते खेल्ने छ ।
नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ । नेपालले सबै खेल सेभेन्स रङ्गशालामा खेल्नेछ । प्रतियोगितामा आठ टोली सहभागी छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् ।
दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्ने छन् । उपाधि भिडन्त पुस ६ गते हुनेछ । यस्तो छ नेपाली टोली : अशोक धामी कप्तान, नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिव्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिश लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री छन् ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया