नेपालमा दुवै डोज खोप लगाउने १३ प्रतिशत पुग्यो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएयता ४८ लाखभन्दा बढीले कोरोनो भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाएका छन् । देउवा प्रधानमन्त्री भएसँगै आफ्नो पहिलो प्राथमिकतामा जनतालाई कोरोनाविरुद्धको खोप दिने बताएका थिए ।
देउवा प्रधानमन्त्री भएयता गत बिहीबारसम्म ४८ लाख ११ हजार ७३३ जनाले कोरोनाविरुद्धको खोप लगाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि झण्डै ३६ लाख नागरिकले कोरानाविरुद्धको खोप लगाएका थिए । यससँगै कोरोनाविरुद्धको खोप लगाउने कूल संख्या ८५ लाख २० हजार ४२१ पुगेको छ ।
कोरोनाविरुद्धको दुवै खोप लगाउनेको संख्या ३७ लाख ८ हजार ६८८ पुगेको छ । यस्तै ३७ लाख ८ हजार ६८८ जनाले पहिलो डोज मात्रामा खोप लगाएका छन् ।
सरकारले आगामी असोज मसान्तसम्म ३३ प्रतिशत जनतालाई कोरोनाविरुद्ध खोप लगाउने घोषणा गरेको छ । चैत मसान्तसम्म सबै जनतालाई खोप दिई सक्ने प्रधानमन्त्री देउवाको तयारी छ ।










आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया