मलेसियाका नयाँ प्रधानमन्त्रीमा इस्माइल सब्री याकुब
मेरोन्यूज
२०७८ भदौ ५ गते १४:०४
काठमाडौं । मलेसियाका नयाँ प्रधानमन्त्रीका रुपमा इस्माइल सब्री याकुबले सपथ ग्रहण गरेका छन् । मलेसियामा सबैभन्दा लामो समय सत्ता संचालन गरेको युनाइटेड नेश्नल अर्गनाइजेशन पार्टीका भेटरन नेता याकुबले देशको नवौं प्रधानमन्त्रीका रुपमा शनिवार सपथ लिएका हुन् ।
कोभिड १९ संक्रमण महामारी नियन्त्रणमा असफल भएको भन्दै गठबन्धले साथ छाड्ने निर्णय गरेपछि मुहिद्दिन यासिनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि राजा अल सुलतान अब्दुल्लाहले याकुबलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । याकुब मुहिद्दिनकै मन्त्रिपरिषदमा उपप्रधानमन्त्री थिए ।
सन् २०१८ मा भएको निर्वाचनपछि मलेसियमा तेस्रोपटक सरकारको नेतृत्व परिवर्तन भएको हो ।
सम्बन्धित
प्रतिक्रिया