जनताको दुखमा मलमपट्टी लगाउन म सभापति बन्नु पर्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् । शनिबार काठमाडौंको चन्द्रागिरी नगर समितीले आयोजना गरेको एक दिने विचार गोष्ठी कार्यक्रममा नेता सिंहले आफु सम्पूर्ण रुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि नहट्ने बताएका हुन् ।
उनले आमजनताको दुखमा मलमपट्टी लगाउनको लागी भए पनि आफु काँग्रेस सभापति बन्नु पर्ने बताएका छन् । ‘आम जनताको दुखमा मलमपट्टी लगाउनको लागी भए पनि आफु काँग्रेसको सभापति बन्नु पर्छ ।’ नेता सिंहले भने ‘सबैलाई मिलाउन सक्ने क्षमता छ । पार्टी सञ्चालन गर्न सक्ने क्षमता छ । म किन पार्टी सभापति नबन्ने ? त्यसैले सभापतिको उम्मेदवारीबाट पछि हट्दैन ।’
साथै नेता सिंहले १३ औं महाधिवेशन पछि अहिले नेपाली काँग्रेस ईतिहासकै कम्जोर अवस्थाम पुगेको बताए। नेतृत्व गलत भए पछि ईतिहास बोकेको पार्टी पनि कम्जोर हुने बताउँदै उहाँले क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि पनि मौका दिए आफ्नो खुट्टामा आफै बञ्चरो प्रहार गरे सरह हुने टिप्पणी गरे ।
यस्तै उनले कम्युनिष्टहरुले काँग्रेसलाई सहयोगी पार्टीको रुपमा प्रयोग गर्न खोजेको बताए । नेता सिंहले जनता र देशलाई संकट पर्दा काँग्रेसले नै साथ दिने भन्दै काँग्रेस जनताको पार्टी जनताको पार्टी भएको दाबी गरे ।
साथै केही व्यक्तिहरुले आफ्नो स्वार्थका लागी क्रियाशिल सदस्यता वितरणमा अनिमितता गर्दा बर्षौ देखि पार्टीमा संघर्ष गरेका नेता कार्यकर्ता निराश भएको उनको भनाई छ ।
















काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया