प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा
मेरोन्यूज
२०७८ भदौ ५ गते १८:२१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । असार २९ मा प्रधानमन्त्री भएका देउवाले एक महिना पूरा गरेपछि बल्ल सचिवालय निर्माण थालेको हो ।
यस भन्दा अघि उक्त जिम्मेवारी भानुले नै निभाउँदै आए पनि उनले औपचारिकरुपमा नियुक्ति भने पाएका थिएनन् । देउवा काँग्रेस सभापति रहँदा पनि उनले नै उनको सचिवालय सम्हाल्दै आएका थिए ।
प्रधानमन्त्री देउवाको सचिवालयमा अघिल्लै कार्यकालका सदस्यहरुले काम गरिरहे पनि सबैले औपचारिक रुपमा जिम्मेवारी पाइसकेका छैनन् । देउवाले अझैसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।
सम्बन्धित
















कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया