तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन, कैदीबन्दीको स्वास्थ्य परीक्षणमा समस्या

दमौली । तनहुँ जिल्ला कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई स्वास्थ्य परीक्षणका लागि समस्या भएको छ । कारागारमा रहेका स्वास्थ्यकर्मी समायोजन भएर स्थानीय तहमा गएपछि कारागारमा नयाँ स्वास्थ्यकर्मी नआउँदा उनीहरुले नियमित स्वास्थ्य परीक्षण गर्न नपाएका हुन् ।
विसं २०७६ असोजदेखि कारागार स्वास्थ्यकर्मीविहीन छ । अहेवको दरबन्दी रहेको कारागारमा स्वास्थ्यकर्मीको व्यवस्था नहुँदा सामान्य स्वास्थ्य समस्या आउँदा पनि दमौली अस्पतालसम्म लैजानुपर्ने बाध्यता रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए ।
“यहाँ कार्यरत स्वास्थ्यकर्मी म्याग्दे गाउँपालिकामा सरुवा भएपछि दुई वर्षदेखि कारागार स्वास्थ्यकर्मीविहीन बनेको छ । यसले कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षणमा समस्या भइरहेको छ”, उनले भने, “अन्यत्रसम्म लैजानुपर्छ, कारागारको सवारी छैन, हत्कडी लगाएर हिँडेर जान कैदीबन्दी अप्ठ्यारो मान्छन् ।”
कारागारमा हाल १११ थुनुवा र १७५ कैदीबन्दी गरी २८६ छन् । कारागारमा नयाँ भवन बनेकाले कैदीबन्दी राख्न सहज भएको छ । “गर्मी, चिसो मौसममा कैदीबन्दी बिरामी भइराख्छन्, कारागारमै स्वास्थ्यकर्मीको दरबन्दी पूर्ति हुनसके सहज हुन्थ्यो”, उनले भने, “सम्बन्धित निकायमा पटक–पटक यसबारेमा जानकारी गराएका छौं ।”
कारागार व्यवस्था विभाग र प्रमुख जिल्ला अधिकारीलाई यसबारेमा जानकारी गराइए पनि हालसम्म केही सम्बोधन नभएको कारागारले जनाएको छ । “करारमा राख्नका लागि कारागारसँग बजेट छैन, स्थायी कर्मचारीलाई नै पठाउन विभागमा अनुरोध गरेका छौं”, उनले भने ।
कारागारमा गत वर्ष नयाँ भवन निर्माण भएकाले त्यसयता कैदीबन्दीमा छाला रोगको समस्या भने नदेखिएको उनले बताए । पर्याप्त खानेपानीको व्यवस्था भएकाले कैदीबन्दीले सरसफाइमा ध्यान दिएका छन् ।
“विगतका वर्षहरुमा खानेपानीको अभावले कैदीबन्दीलाई छालाको समस्या देखिन्थ्यो, शौचालय जान पनि पालो पर्खनुपर्ने बाध्यता थियो, तर अहिले त्यस्तो समस्या समाधान भएको छ”, उनले भने ।










काठमाडौँ महानगरका १०७ विद्यालय खारेज गर्ने तयारी
कक्षा १२ को परीक्षा फाराम खुल्यो, आंशिकले पनि भर्न पाउने
एमाले महाधिवेशनपछि आज पहिलोपटक प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक
दुई संसदीय समितिको बैठक बस्दै
गोकुल बास्कोटाको कटाक्ष : चुनाव हुँदैन भन्देै दलहरु भित्रभित्रै समानुपातिक उमेदवार नाम बटुल्दैछन्
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया