संविधान संशोधनका विषयमा अध्ययन गर्न गठित सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता

काठमाडाैं । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ।
पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा १६ सदस्यीय ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन गरिएको हो।
समितिमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम के.सी. र ललितकुमार बस्नेत सदस्य रहेका छन्।
त्यस्तै, अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ र झलमाया विक सदस्य रहेका छन् भने सदस्य सचिवको जिम्मेवारी अधिवक्ता राजु कटुवाललाई दिइएको छ।
समितिका मुख्य कामहरूमा संविधान कार्यान्वयनमा देखिएका समस्या र चुनौतीको अध्ययन गर्ने, संघीयता र समावेशितालाई बलियो बनाउन सरोकारवालासँग संवाद गर्ने, जेनजी पुस्ताको विद्रोह र निर्वाचनमा पार्टीले गरेका प्रतिज्ञालाई सम्बोधन गर्ने र पहिचान र सुशासनका मागहरूलाई अध्ययन गरी सुझाव दिनेलगायत रहेका छन्।


















रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
दक्षिण लेबनानमा आवागमन पुनः सुरु
डोङफेङको भोयाद्वारा हुवावे हार्मोनीओएससहित ताइशान एक्स ८ एसयूभी सार्वजनिक
यामाहाको ब्लु कोड नयाँ वर्ष योजनामा ५ लाख जित्नेको नाम घोषणा
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
प्रतिक्रिया