माधव नेपालको साथ छोडेका एमालेका तेस्रो धारलाई ओलीको ४ बुँदे सन्देश
माधव नेपाललगायतको कारवाही फिर्ता हुँदैन, अन्यत्र कराउँदैमा अब केही हुँदैन, आउनस्, पार्टी बैठकमै आएर आफ्ना कुरा राख्नुस्

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले छोडेर नयाँ पार्टी दर्ता गर्दा साथ नदिएका उनकै पक्षका प्रभावशाली नेताहरुले अझै पनि एमाले एकताको सम्भावना खोजी गरिरहेका छन् ।
एमालेको उपाध्यक्ष रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुषाल, सचिवत्रय गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त लगायतका नेताहरुले एमालेभित्र अझै पनि एकता नेताहरुले चाहने हो भने सम्भव रहेको बताउँदै आएका छन् ।
प्रभावशाली नेताहरुले शुरुमा वैठक बसेर माधव नेपाललगायतका १४ सांसदमाथी ओली पक्षले गरेको कारवाही फिर्ता लिनुपर्ने, माधव नेपालले पनि निर्वाचन आयोगमा नयाँ दल दर्ताको प्रक्रियावाट पछि हट्नु पर्ने र दुवै पक्ष सम्मिलित कार्यदलले बनाएको १० बुँदे सहमतिको अक्षरस: पालना गर्ने हो भने अझै पनि एमाले एकता सम्भव रहेको नेपाललाई नयाँ पार्टी गठनमा साथ नदिई वसेका तेस्रो धारका यी नेताहरुको अपिल छ ।
उनीहरुले त्यसको भोलिपल्टै अर्थात शुक्रवार राजधानीको एक पार्टी प्यालेसमा सांसद र केन्द्रीय समितिमा रहेका ५७ जना नेताहरुसँग पनि थप छलफल गरे । त्यसपछि १० बुँदे सहमति अक्षरस: पालना गर्न खासगरी एमाले अध्यक्ष केपी ओलीसँग अपिल गरेका छन् ।
‘५ दिनभित्र १० बुँदे सहमतिको अक्षरस पालना गर्न हामीले एक प्रकारले भन्ने हो भने अध्यक्ष ओलीलाई अल्टिमेटम नै दिएका छौं,’ नेपाल समुह छोडेका र तेस्रो धार बनाउँदै हिडेका नेतामध्येका एक नेताले मेरोन्यूजसँग भने,–‘ओलीले त्यसमा सहमति जनाएनन र १० बुँदे सहमति कार्यान्वयन गरेनन भने एमालेभित्रको विद्रोहले पहिरो जाने अवस्था निम्ताउन सक्छ ।’
यो समुहका नेताहरुले १० बुँदे सहमतिको अक्षरस पालना गर्नुपर्ने भन्नुको अर्थ २०७५ जेठ २ अगाडीको एमालेको संरचना गाँउ देखि केन्द्रसम्म के कस्तो अवस्थामा थियो, त्यहीवाट एमालेलाई जगाउनु पर्ने भन्ने हो । ‘जेठ २ गते हाम्रो केन्द्रीय कमिटीमा को-को थिए, पोलिटब्यूरोमा को-को थिए, स्थायी कमिटीमा को-को थिए र तिनको जिम्मेवारी के-के थिए ? त्यो सबै हुनुपर्यो । त्यो भन्दा तलका प्रदेश, जिल्ला, गाउँ, वडा कमिटी, जनसंगठन जहाँ-जहाँ जे-जे थिए, त्यहीबाट सुरु गर्नुपर्छ भन्ने स्पिरिट हो १० बुँदेको,’ नेपाल समुह पनि छोडेर एकताका लागि लागिपरेका उपमहासचिव घनश्याम भुषाल भन्छन्,–‘पार्टीको सम्पूर्ण संरचना जेठ २ गते अनुसार नै हुनुपर्ने र फागुन २३ गते पछाडीका सम्पूर्ण निर्णयहरु, समानान्त्र कमिटि खारेज देखि सवै निर्णय खारेज हुने भन्ने कुरा हो । त्यसवाट शुरु हुनुपर्छ ।’
यसभित्र यो धारको कुरा भनेको २ जेठ २०७५ को एमालेको माइन्यूट हेर्ने र त्यस अनुसारकै पार्टीै वैठकहरु ब्सेर एमालेलाई सुरु गरौं भन्ने प्रष्ट लाइन हो । ‘पहिले जेठ २ मा रहेका नेताहरुको स्थायी कमिटि बैठक बसौं, त्यसपछि माओवादी छोडेर आएका नेताहरु, यति गरिसकेपछि २ जेठको केन्द्रीय कमिटी, जहाँ ३ गते थप भएकाहरु पनि राखेर बैठक बोलाऔं र थप गर्नुपर्ने केही नेताहरु भए उनीहरुलाई पनि थपौं र १० बुँदे लागू गर्ने प्रस्ताव पारित गरौं । ल आउनुस्, बसौं र यसरी काम गरौं भन्ने हो,’ तेस्रो धारका अर्का एक नेताले भने ।
तेस्रो धारको यो प्रस्तावलाई ओली पक्षले भने खास स्वीकारेको देखिदैन । सामुहिक रुपमा नेताहरुको माग अव सम्वोधन नहुने भन्दै ओली पक्षले तेस्रो धारको यी मागका सवालमा प्रष्ट ४ वुँदे सन्देश दिईसकेको ओली पक्षका एक् स्थायी कमिटि सदस्यले भने । ओली पक्षका अर्का स्थायी कमिटि सदस्य विष्णु रिमालले भने,–‘माधव नेपालको कारबाही फिर्ता गर्नुपर्छ भनेर केही साथीहरु ऋझै पनि भनिरहनुभएको छ, त्यो भनेको के हो ? उहाँँले एमाले फुटाएर हिडिसक्नुभयो , निर्वाचन आयोगले सनाखतको लागि भनेर बोलाईपनि सक्यो । अनि अझै कारवाही फिर्ता गर्नुपर्ने भन्नुको अर्थ के ? के उहाँहरुलाई हामीले पूजा गर्दै हिँड्नु पर्ने हो र ? कारवाही फिर्ताको कुरा अव असम्भव कुरा हो ।’
ओली समुहका नेताहरुका अनुसार, तेस्रो धारका नेताहरुलाई ओलीको ४ वुँदे प्रष्ट सन्देश यसप्रकारको छ :-
– १० बुँदे सहमति स्थायी र केन्द्रीय कमिटीबाट पारित भई कार्यान्वयनमा गइसकेको छ। अब फेरि के गर्नुपर्ने ?
– पार्टीको केन्द्रीय कमिटिको चौधौं बैठकलाई हामीले दशौंमा झारेको होइन र ?
– माधव नेपालको अव कारवाही फिर्ता हुँदैन । त्यस्तो माग असम्भव ।
– माधव नेपालका लागि १० वुँदे गरेको उनी नै हिडेपछि अरुले पार्टी बैठकमै आएर आफ्ना कुरा राख्ने हो, अव अन्यत्र कराउँदै हिड्ने होइन ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया