आईसीसी विश्वकप क्रिकेट लिग टूका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पिएनजी)सँग हुने दुई एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आज १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीब्र गतिका बलर गुल्सन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । मेयर्स कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका तीब्र गतिका बलर गुल्शन पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपछि प्रारम्भिक टोलीमा सामेल भएका थिए । सिरिजका लागि घोषणा भएको टोलीमा गुल्शनले स्थान बनाउँदा पहिलो पटक राष्ट्रिय जर्सी पहिरिने मौका पाएका हुन । गुलशनसँगै अर्का तीव्र गतिका बलर विक्रम शोब, शरद भेषावकर र रोहित कुमार पौडेल पुनः राष्ट्रिय टोलीलमा स्थान बनाएका छन् ।
त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग २/२ खेल खेल्ने छ भने उक्त सिरिज अगाडि पिएनजीसँग दुई एक दिवसीइ खेल खेल्ने छ । त्यसका लागि नेपाली टोली मंगलबार विहान ८ बजे सलाम एयरबाट ओमान जाने तालिका रहेको छ । नेपालले सिरिज र पिएनजीसँग ओमानमा नै प्रतिस्पर्धा गर्ने छ । त्रिकोणत्मक सिरिज अगाडि पिएनजीसँग नेपालले भदौ २० पहिलो र भदौ २३ दोस्रो खेल खेल्नेछ । ओमानमा नै रहने टोलीले चार दिनपछि त्रिकोणात्मक सिरिज खेल्नेछ । यद्यपि खेल तालिका भने सार्वजनिक भएको छैन ।
लिग टुमा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । जसमा दुई जित निकाल्दा दुई खेलमा नजित सुम्पिएको छ । घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । पिएनजीले ८ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन् ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया