अमेरिकामा युएस कराते एसोसिएशन दर्ता

काठमाडौं । नेपाल र नेपालबाहिर छरिएर रहेका करातेका खेलाडीहरूको पुनर्मिलन गराउने र विभिन्न ‘क्लोज क्याम्प’मार्फत खेलाडीको कला र कौशल विकास गराउने उद्देश्यले अमेरिकामा युएस नेपाल कराते एसोसिएशन अफ अमेरिका नामक संस्था दर्ता भएको छ ।
अमेरिकामा अवकाश प्राप्त जीवन बिताइरहेका नेपालमा कराते खेलका संस्थापक प्रमुख थानेश्वर राई (टीएस)को नेतृत्वमा उक्त संस्था दर्ता भएको हो । अमेरिकास्थित भरमन्ट राज्यमा मुख्यालय रहने गरी दर्ता भएको एसोसिएशनको सचिवमा डीबी राउत रहेका छन् । यही भदौ ३ गते भरमन्ट राज्यको सचिवालयमा गैरनाफामूलक निगमका रूपमा संस्था दर्ता भएको थानेश्वर राईले जानकारी दिए ।
नेपालमा लामो समयसम्म करातेको प्रमुख हुँदै प्रमुख प्रशिक्षकबाट अवकाश भएपछि अमेरिकामा रहेका राईले बाँकी जीवन विश्वभर छरिएर रहेका करातेका खेलाडीहरू एउटै छातामुनि समेट्ने, उनीहरूलाई सङ्गठित गरी तालीमका लागि ‘क्लोज क्याम्प’ सञ्चालन गर्नेदेखि प्रतियोगितासमेत आयोजना गरिने लक्ष्य राखिएको जनाइएको छ ।
अध्यक्ष राईले दिएको जानकारीअनुसार क्यानडा, अमेरिका, जापान, युरोप र नेपालमा रहेका करातेका खेलाडीका लागि प्रशिक्षणको आयोजना गरिनेछ । त्यसमा विश्व कराते महासङ्घ र जापान कराते महासङ्घका प्रशिक्षकद्वारा प्रशिक्षण दिलाउने कार्यक्रम राखिएको छ । “एसोसिएशनको मुख्य उद्देश्य भनेको नेपाल नेपाली खेलाडीलाई सहयोग पु¥याउनु नै हो,” अध्यक्ष राईले भने।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया