८ महिने बालिकासहित ३ जना झुण्डिएको अवस्थामा फेला
काठमाडौँ । झापा जिल्लाको कन्काई नगरपालिकास्थित एक घरमा आठ महिने बालिकासहित एक परिवार झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत्यु हुनेमा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
सोमबार बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) राकेश थापाले मेरोन्युजलाई जानकारी दिए । डिएसपी थापाका अनुसार मृतकमध्ये रविन अगष्ट १५ देखि कोरोना संक्रमण पुष्टि भएको थियो । डिएसपी थापाले भने, ‘मृतकमध्ये रविनलाई अगष्ट १५ देखि कोरोना पोजेटिभ देखिएको भन्ने स्थानीयबाट बुझ्न आएको छ ।’
‘हामी घर बाहिर नै छौँ, ढोका लक गरेको अवस्था छ, मृतक श्रीमतीको माइती पक्ष आएपछि मात्रै ढोका खोल्ने कुरो छ, तर स्थानीयसँग सोधखोज गर्दा रविन वैदेशिक रोजगारीका लागि विदेश पठाउने एजेन्ट रहेछन्,’ झुण्डिनु पर्ने कारण के हो ? मेरोन्युजको प्रश्नमा डिएपी थापाले भने, ‘धेरैलाई पैसा दिनु पर्ने रहेछ, त्यही मानसिक यातना र तनावले परिवारले नै आत्महत्या गरेको हुन सक्ने आँकलन गरेका छौँ ।’
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता थापाले जानकारी दिए ।










नेप्सेमा सामान्य अंकको सुधार
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै राष्ट्रपति पौडेल
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया