८ महिने बालिकासहित ३ जना झुण्डिएको अवस्थामा फेला
काठमाडौँ । झापा जिल्लाको कन्काई नगरपालिकास्थित एक घरमा आठ महिने बालिकासहित एक परिवार झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत्यु हुनेमा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
सोमबार बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) राकेश थापाले मेरोन्युजलाई जानकारी दिए । डिएसपी थापाका अनुसार मृतकमध्ये रविन अगष्ट १५ देखि कोरोना संक्रमण पुष्टि भएको थियो । डिएसपी थापाले भने, ‘मृतकमध्ये रविनलाई अगष्ट १५ देखि कोरोना पोजेटिभ देखिएको भन्ने स्थानीयबाट बुझ्न आएको छ ।’
‘हामी घर बाहिर नै छौँ, ढोका लक गरेको अवस्था छ, मृतक श्रीमतीको माइती पक्ष आएपछि मात्रै ढोका खोल्ने कुरो छ, तर स्थानीयसँग सोधखोज गर्दा रविन वैदेशिक रोजगारीका लागि विदेश पठाउने एजेन्ट रहेछन्,’ झुण्डिनु पर्ने कारण के हो ? मेरोन्युजको प्रश्नमा डिएपी थापाले भने, ‘धेरैलाई पैसा दिनु पर्ने रहेछ, त्यही मानसिक यातना र तनावले परिवारले नै आत्महत्या गरेको हुन सक्ने आँकलन गरेका छौँ ।’
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता थापाले जानकारी दिए ।


















यस्तो छ आज तरकारीको थोक मूल्य
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
पहाड र हिमालमा बादल, तराईको मौसम सफा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया