एमाले फुटाएपछि राष्ट्रपति भेट्न किन पुगे माधव नेपाल ?

काठमाडौ । नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गरेका माधव नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसाग भेटवार्ता गरेका छन् । सोमबार विहान पौने १२ बजेदेखि पौने २ वजे समम यी दुई नेताका वीचमा भेटवार्ता भएको हो ।
शित्तल निवास स्थित स्रोतका अनुसार दुई नेताका वीचमा एमाले विभाजन र पछिल्लो राजनीतिका विषयमा केन्द्रीत रहेर कुराकानी भएको वताइन्छ । राष्ट्रपति भण्डारीले एमालेभित्रको विवादमा यस अगाडी देखि नै सक्रियता पूर्वक चासो राख्दै आएकी थिइन् ।
नेपाल समुहमै रहेका र अन्तिम अवस्थामा साथ छोडेका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे , घनश्याम भुषालहरु एमाले अध्यक्ष केपी ओलीसाग १० वुँदे कार्यदल स्तरमा भएको सहमतिको अक्षरस पालना गर्नुपर्ने अल्टिमेटमका विषयमा निर्णायक छलफल गर्न पुगेका बेला यता राष्ट्रपति भण्डारी र नेपालका वीचमा भेटवार्ता भएको हो ।
ओली प्रधानमन्त्रीमै रहेको र उनलाई विशवासको मत दिने नदिनेमा निर्णायक छलफल चलिरहेका बेला पन िराष्ट्रपतिले नेपाललाई बोलाएर छलफल गरेकी थिइन् ।
नेपालले दर्ता गरेको दलको सनाखतका लागि निर्वाचन आयोगले भदौं ९ गते नेपाललाई साथ दिने नेताहरुलाई निर्वाचन आयोग वोलाएको छ ।
त्यस अगाडी नेपाल र राष्ट्रपति भण्डारीका वीचमा भएको यो भेटवार्ता निक्कै अर्थपूर्ण मानिएको छ ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया