आइतबार, माघ १३, २०८१

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

मेरोन्यूज २०७८ भदौ ७ गते १५:३१

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने भएका छन् । निर्वतमान मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएसँगै गत २७ गते उनी मुख्यमन्त्री बनेका थिए ।

Advertisement

प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्य सूचीमा मुख्यमन्त्रीले विश्वासको मत लिने जनाएको छ । प्रदेशसभा बैठकका लागि प्रमुख विपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आए पनि मुख्यमन्त्रीले विश्वासको मत लिने भएका हुन् ।

एमालेले स्वतन्त्र सांसद अजय शाही र माओवादी केन्द्र रोजेकी विमला वलीलाई पदमुक्त गर्न दबाब दिँदै आएका छन् । यससँगै प्रदेशसभा बैठक अवरुद्ध हुन पुगेको हो ।

मुख्यमन्त्री केसीले आफूमाथि विश्वासको मत लिन ४१ सांसदको समर्थन आवश्यक पर्दछ । जसमा सत्ता पक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद अजय शाहीसहित ४२ सांसद रहेका छन् ।

प्रतिक्रिया