लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत, विपक्षीमा शून्य मत

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वसको मत पाएका छन् । उनको पक्षमा ४२ मत खसेको थियो भने विपक्षमा शून्य मत खसेको थियो । कूल ८० जना सांसदमा बैठकमा ४३ जना उपस्थित भएका थिए ।
सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत दिन आग्रह गरेका थिए । उनले विश्वासको मत माग्दै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक बहिस्कार गरेको छ ।
मुख्यमन्त्री केसीलाई नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद एक गरी ४२ सांसदले मत दिएका थिए ।
उता नेकपा एमालेले सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारबाही नगरेसम्म बैठकमा सहभागी नहुने बताउँदै आएको छ । सोहीअनुरुप मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेका सांसद अनुपस्थित भएका छन् ।











कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
बैदेशिक राेजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
गृहमन्त्री अर्याल सुर्खेतमा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया