आइतबार, माघ ६, २०८१

एकीकृत समाजवादीका नेताहरु चन्द्रागिरि रिसोर्टमा

मेरोन्यूज २०७८ भदौ ७ गते १८:३५

काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु चन्द्रागिरि रिसोर्टमा भेला भएका छन् । सोमबार अधयक्ष माधवकुमार नेपालसहितका नेताहरु चन्द्रागिरि रिसोर्ट गएका छन् ।

Advertisement

केन्द्रीय समितिमा रहेका नेतालाई पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल गर्न रिसोर्टमा बोलाइएको बताइएको छ । सोमबार र मंगलबार चन्द्रागिरिमै छलफल गर्ने र बुधबार निर्वाचन आयोग जाने बताइएको छ । निर्वाचन आयोगले पार्टीको सनाखतका लागि मंगलबार बोलाएको छ ।

नेताहरुले नयाँ दल छोडेर एमालेमा नै फर्किने डरले नजर गर्दै रिसोर्टमा लगेको बताइएको छ । पार्टीको एकता पक्षधर नेताहरूले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर एमालेमै रहने सहमति गरेका छन् ।

एमालेले मंगलबार ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको छ । त्यसमा बिगतमा नेपाललाई साथ दिएका तर नयाँ दल दर्ता गर्दा नेपालको साथ छोडेका नेताहरु पनि सहभागी हुने छन् ।

प्रतिक्रिया