किन आए भाजपा नेता विजय चौथाइवाले नेपाल ?
प्रधानमन्त्री देउवाबाट भेटघाट शुरु गरेका चौथाइवालेले सोमबार दिनभर राजनीतिक भेटवार्ता गरेका छन्

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटघाटलाई तिव्रता दिएका छन् ।
सोमबार काठमाडौं आएलगतै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका उनले त्यहाँ प्रधानमन्त्री शेरवहादुर देउवासँग भेटघाट गरेका थिए ।
रक्षाबन्धनको दिन पारेर बालुवाटार पुगेका उनले त्यहाँ प्रधानमन्त्रीसँग भेटघाट मात्र गरेनन, फस्ट लेडी प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवासँग राखी समेत बाधे ।
त्यसपछि उनको सोमबारको सेडुअल त निक्कै ब्यस्त थियो । शुरुमा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग उनलाई भेटेका थिए । ओलीको निवास वालकोटमै पुगेर उनले ओलीसँग लामो संवाद गरेका थिए ।
ओलीलाई भेटेपछि भारतीय राजदूतावासमा गएर लन्च गरेका चौथाइवाले त्यसपछि भने क्रमशः महन्थ ठाकुर र पुष्पकमल दाहाल (प्रचण्ड)साग भेटवार्ता गरेका थिए ।
कांग्रेस नेताहरुको निमन्त्रणामा नेपाल आएका भनिएका चौथाइवाले भारतीय जनता पार्टी र नेपालका राजनीतिक दलहरूबीचको सम्बन्ध सुमधुर बनाउने भन्दै सबै दलका शिर्ष नेतासँग भेट गरिरहेका छन् ।
भारत सरकार तथा भाजपाले नेपाल र भारतको चिसिएको सम्बन्धलाई सुधार गर्न चाहेको बताइएको छ । भारतले नेपालका भूमि लिपुलेक र कालापानी क्षेत्रमा एकतर्फी सडक निर्माणको काम गदैं लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निमार्ण गरेपछि दुई देशको सम्बन्ध चिसिएको थियो ।
त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशको सम्बन्ध थप चिसो भएको थियो । दुई देशको सम्बन्धमा चिसो भएकै कारण तत्कालीन परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट गर्न दिएनन् ।
तर पछिल्लो समयमा केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेसँगै भारतले समर्थन गरेको थियो । मोदीले आफ्नो विशेष प्रतिनिधिको रुपमा ओलीसँग कुरा गर्न रअका प्रमुख सामान्त गोयललाई निम्ताएर बालुवाटारमा रातो कार्पेट ओछ्याएर मध्यरात सम्म गरेको वार्ताले ओली अहिले पनि आलोचित छन् ।
संविधान निर्माणपछि राजनीतिक तहमा हुने सम्बन्धलाई फेरि ओलीले कर्मचारी तहमा संवादमा झारेको र त्यसपछि उनको राष्टवादी चरित्र स्वखलन तिर गएको भन्दै उनका विपक्षीहरुले ओलीको आलोचना गर्ने गरेका थिए ।
ओली प्रधानमन्त्री हुँदैका बेला पनि भारतीय प्रधानमन्त्रीले नेपाल मामिलामा संवाद गर्ने काम गर्नुपरेमा विजय चौथाइवालेलाई नै परिचालन गर्ने गरेको चर्चा कुटनीतिक वृतमा हुने गर्छ ।
तत्कालिन नेकपाभित्र विवाद भईरहदा पनि तत्कालिन अर्थमन्त्री विष्णु पौडेलको निम्तोमा उनी एकपटक नेपाल आएर प्रधानमन्त्री रहेका ओलीलाई भेट गरेका थिए ।
ओली सरकार ढलेर कांग्रेस सभापति शेरवहादुर देउवाको नेतृत्वमा सरकार भएपछि नेपाल भारत विग्रेको सम्वनध सुधारका लागि केही पहल दुवै तर्फकाले लिन खोजेको हुन सक्ने अनुमान लगाउन थालिएको छ । त्यसैको कडीका रुपमा अहिले चौथाइवालेको नेपाल भ्रमण र यहाँको राजनीतिक दलका नेताहरुसँगको भेटवार्ता हुन सक्ने वताईएको छ ।
देउवा प्रधानमन्त्री भएपछि कांग्रेसका सांसद विनोध चौधरी दुई पटक भारत पुगिसकेका छन भने एनपी साउद र विमेलेन्ध निधि पनि एक एक पटक भारत पुगेका थिए । निधि पछिल्लो पटक भने काग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था वुझन दिल्ली पुगेको हुन् ।
चौथाइवालेको नेपाल भ्रमण र यहाँको भेटघाटलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ । उनको बाबुराम भट्टराईसँगको सम्बन्ध भने चिसो भएकाले उनलाई भेटेका छैन् । भट्टराईले भारतको सस्थापन पक्षले नेपालमा हिन्दु राज्यसहितको राजतन्त्र लाउन लागेको भन्दै भारतीय पत्रिकामै एउटा लेख लेखेपछि चौथाइवालेले विरोध गरेका थिए ।
चौथाइवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने तयारी गरेका छन् । चौथाइवाले बुधबार भारत फर्किने तयारीमा छन् । त्यसअघि उनले नेपालका शिर्ष नेतासँग भेट गर्ने छन् । भेटमा नेपाल भारतको चिसिएको सम्बन्धलाई सुधार गर्ने विषयमा छलफल गरिरहेका छन् । नेपालको राजनीतिमा हलचल हुँदा भारतले राजदूत र विशेष प्रतिनिधि मार्फत आफ्नो भुमिका देखिउदै आएको छ । ओली सरकारको समयमा चिसिएको सम्बन्धलाई भारतले देउवाको समयमा सुधार गर्न चाहिरहेको बुझिन्छ ।

हरि भट्ट
मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।










हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रधानमन्त्री कप छनोटः गजेन्द्रको शतकमा निङ्गलाशैनी विजयी
रुन्चे गायकको ‘बुढाबुढी’ गीत सार्वजनिक
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया