कांग्रेस क्रियाशील सदस्यता विवाद समितिले सभापति देउवालाई बुझायो प्रतिवेदन

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले प्रतिवेदन बुझाएको छ । सोमबार साँझ प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा समितिले पार्टी सभापतिलाई प्रतिवेदन बुझाएको हो ।
अब सहमतिमा तलमाथि नगरी महाधिवेशन प्रक्रिया अगाडि बढाउने प्रतिवेदन बुझ्दै सभापति देउवालाई उदृत गर्दै छान समितिका एक सदस्यले मेरोन्युजलाई बताए ।
गत साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा नेताहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो ।
उक्त समितिले भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकी जिम्मा दिइएको थियो । तर, समितिले तोकिएको समयभन्दा ५ दिनपछि (आज)मात्र प्रतिवेदन बुझाएको हो ।
कांग्रेसले यही भदौ १८ गतेबाट वडा अधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।











कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
बैदेशिक राेजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
गृहमन्त्री अर्याल सुर्खेतमा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया