आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको छ । निगमकाअनुसार डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ ।
पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए । एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० कायम गरिएको निगमले जारी गरेको विज्ञप्तिमा जनाएको छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ ।
हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोलिटर कायम गरिएको छ । इण्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । गत असार ३० गते पनि निगमले मूल्य समायोजन गरेको थियो ।
मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर ८.४२ रुपैयाँ, डिजेलमा प्रति लिटर २.६४ रुपैयाँ तथा एल।पि।ग्याँसमा प्रति सिलिण्डर ४२०.७५रुपैयाँ घाटा रहने निगमको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘निषेधाज्ञा समयको बिक्रि परिमाण अनुसार हिसाब गर्दा १५ दिनमा करिव ९६.०९ करोड रुपैयाँ घाटा हुने देखिन्छ । निगमको घाटा निरन्तर रही नै रहने तथा अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाँको अवमूल्यन हुने क्रम नरोकिने हो भने निगमले आगामी दिनमा समेत पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने वाध्यता आउन सक्ने देखिन्छ ।’
निगमले ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचिअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै आएको बताएको छ ।

















इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया