चन्द्रागिरिमा नेपालले भने -‘नयाँ पार्टी गठन गरे पनि एकताको प्रक्रिया खुला रहन्छ’

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नयाँ पार्टी गठन गरे पनि एकताको प्रक्रिया खुला रहने बताएका छन्।
काठमाडौंको चन्द्रागिरिमा आफू समर्थित सांसद र केन्द्रीय सदस्यको भेलामा नयाँ पार्टी गठन गरे पनि एकताको प्रक्रिया खुला रहने नेपालको भनाइ उदृत गर्दै एक सांसदले बताएका हुन् ।
एमालेका दोस्रो तहका नेताले पार्टी एकताका लागि पार्टी अध्यक्ष केपी ओलीसँग दस बुँदे प्रस्ताव कार्यान्वयनको सहमति गरेकै दिन नेपालले आफू निकट केन्द्रीय सदस्य र सांसदलाई चन्द्रागिरि लगेका हुन्।
ति सासंदले भने,“पार्टी दर्ता प्रक्रियामा गएकाले स्वतः दर्ता हुने र एकताको प्रक्रिया समेत चलिरहने रहने छ ।”
कार्यदलको सम्झौता केपी आफैंले मान्नुहुन्न। अर्को कुरा हामीले पनि दस बुँदेलाई स्वीकारेका छैनौं। यसमा हाम्रो असहमति कायमै रहेको छलफलमा बताएका ति सासंदले बताए । सोमबार सामान्य छलफल भएको र मंगलबार दस्तावेजमाथि छलफल हुने बताईको छ ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
प्रतिक्रिया