एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बस्नेछ ।
आजको बैठकमा ‘तेस्रो धार’मा रहेका नेताहरू पनि सहभागी हुने प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । सोमबार अध्यक्ष ओलीको निवास बालकोटमा तेस्रो धारका नेताहरूसितको छलफलपछि आजको लागि बैठक बोलाइएको छ ।
सोमबारको छलफलमा तत्कालीन एमाले विवाद समाधान गर्न गठिन कार्यदलमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने समझदारी भएको ज्ञवालीले जानकारी दिए ।
नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवदेन दिएका छन् । तर पहिला नेपालका साथमा रहेका केही नेताहरु अहिले ओली र नेपाल दुवैतिर खुलेका छैनन् । उनीहरूले पार्टी एक ढिक्का हुनुपर्नेमा जोड दिँदै आएका छन् । पार्टी एकताका लागि नेपालले पनि नयाँ दल खोल्न नहुने र ओली लचक हुनुपर्ने उनीहरूको जोड छ ।











कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
बैदेशिक राेजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
गृहमन्त्री अर्याल सुर्खेतमा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया