कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन नेपालको अपिल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन अपिल गरेका छन्।
सोमबार चन्द्रागिरि पुगेका नेपालले सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै पार्टी दर्ताको प्रक्रिया अगाडि बढेको सन्दर्भमा पटकपटक बेइमानी र धोखाधडीको निरन्तरता स्वरूप नै वार्ता र सहमतिका भ्रमपूर्ण समाचार सार्वजनिक भइरहेको उल्लेख गरेका छन्।
एमालेका दोस्रो तहका नेताले पार्टी एकताका लागि पार्टी अध्यक्ष केपी ओलीसँग दस बुँदे प्रस्ताव कार्यान्वयनको सहमति गरेकै दिन नेपालले आफू निकट केन्द्रीय सदस्य र सांसदलाई चन्द्रागिरि लगेका हुन्। सोमबार सामान्य छलफल भएको र मंगलबार दस्तावेजमाथि छलफल हुने बताईको छ । उनीहरू बुधबार त्यहीँबाट निर्वाचन आयोग जाने तयारीमा छन्। आयोगले सनाखतका लागि बुधबार समय दिएको छ।
‘छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवं नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमि एवं क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु,’ उनले सामाजिक सञ्जालमार्फत अपिल गर्दै भनेका छन्।
यस्तो छ अपिल
दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र संस्कृतिको रक्षा, मुलुकको समृद्धि एवं जनतालाई खुसी प्रदान गर्ने लक्ष्यसहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवं धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्।
अतस् यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवं नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवं क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु।









मधेशका मुख्यमन्त्री यादवले लिए शपथ
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु
मधेशका मुख्यमन्त्री यादवले मंसिर २४ गते विश्वासको मत लिने
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया