तेल ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

जलेश्वर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा तेल ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका– १ मरधरका ३२ वर्षीय धनपैत महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
सोही दुर्घटनामा परी सर्लाही हरिवन नगरपालिका– २ अतरौलीका नवीन महतो गम्भीर घाइते भएका छन् ।
गएराति करिब ८ बजे ज४प २७०० नं को मोटरसाइकलमा चढी पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका दुवै जनालाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३ख ८८०० नं को तेल बोकेको ट्यांकरले बर्दिबास नगरपालिका– ११ स्थित लक्ष्मिनिया चोक नजिकै ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएका थिए ।
दुवै जनालाई राति नै उपचारका लागि बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा ल्याइएकोमा धनपैतको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । नवीनलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएकोे प्रहरीले जनाएको छ ।


















रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
के एआईले जागिर खाइदिन्छ ?
Nepali diplomatic missions in various countries mark International Wellness Day
Forty-six Nepalis rescued from Cambodia
पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
प्रतिक्रिया