माधव नेपालको साथ छाडेका नेताहरू ओलीले बोलाएको बैठकमा उपस्थित (तस्वीरहरू)

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठकमा तेस्रो धारका नेताहरू सहभागी भएका छन् । मंगलबारको स्थायी कमिटी बैठकमा माधव कुमार नेपाल पक्षमा रहेका नेताहरू सहभागी भएका हुन् । नेता नेपालले नयाँ दल दर्ता गराउने प्रक्रियासँगै उनीहरूले नेपालको साथ छाडेर अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा उपस्थित भएका हुन् ।

नाै औँ महाधिवेशनबाट नेपाललाई साथ दिँदै आएर पार्टी विभाजन हुँदा साथ छाडेका नेताहरू करिब ८ महिनापछि स्थायी कमिटीको बैठकमा पहिलोपटक उपस्थित भएका हुन् । बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा सुरु भएको छ ।

बैठकमा उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त र आमन्त्रित सदस्य एवं अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहरा उपस्थित भएका छन् । गत पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपासँगै एमालेका नेताहरू विभाजित भएका थिए ।

गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई २०७५ जेठ ३ गतेको अवस्थामा फर्किएपछि एमालेमा विवाद हुँदै आएको थियो । पाटीर्को एकता कायम राख्न १० सदस्य कार्यादलले १० बुँदे सहमति गरे पनि कार्यान्वन भएको थिएन । माधव नेपालले पार्टी विभाजन गरेर नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उनको साथ छोड्ने नेताहरू ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी भएका हुन् ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया