माधव नेपालको साथ छाडेका नेताहरू ओलीले बोलाएको बैठकमा उपस्थित (तस्वीरहरू)
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठकमा तेस्रो धारका नेताहरू सहभागी भएका छन् । मंगलबारको स्थायी कमिटी बैठकमा माधव कुमार नेपाल पक्षमा रहेका नेताहरू सहभागी भएका हुन् । नेता नेपालले नयाँ दल दर्ता गराउने प्रक्रियासँगै उनीहरूले नेपालको साथ छाडेर अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा उपस्थित भएका हुन् ।
नाै औँ महाधिवेशनबाट नेपाललाई साथ दिँदै आएर पार्टी विभाजन हुँदा साथ छाडेका नेताहरू करिब ८ महिनापछि स्थायी कमिटीको बैठकमा पहिलोपटक उपस्थित भएका हुन् । बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा सुरु भएको छ ।
बैठकमा उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त र आमन्त्रित सदस्य एवं अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहरा उपस्थित भएका छन् । गत पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपासँगै एमालेका नेताहरू विभाजित भएका थिए ।
गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई २०७५ जेठ ३ गतेको अवस्थामा फर्किएपछि एमालेमा विवाद हुँदै आएको थियो । पाटीर्को एकता कायम राख्न १० सदस्य कार्यादलले १० बुँदे सहमति गरे पनि कार्यान्वन भएको थिएन । माधव नेपालले पार्टी विभाजन गरेर नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
उनको साथ छोड्ने नेताहरू ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी भएका हुन् ।
जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
प्रतिक्रिया