केही दिनमा वेबसाइटमा क्रियाशील सदस्यको नामावली सार्वजनिक हुन्छ : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता सार्वजनिक गर्न सभापतिले निर्देशन दिइसकेको बताएका छन् । हिजो (सोमबार) राति मात्रै पार्टीभित्रका फरक–फरक समूहका नेताहरुको सहभागिता रहेको समितिले सभापतिलाई प्रतिवेदन बुझाएको थियो ।
पार्टी प्रवक्ता शर्माले केन्द्रीय कार्यालय सानेपामा मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षधर जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै धर्ना शुरु गरेको बताए ।
प्रवक्ता शर्माले निर्वाचन समितिलाई सभापति देउवाले क्रियाशील सदस्यता हस्तान्तरण गर्ने तयारी भइरहेको पनि बताए ।
‘केवल केही दिन मा वेबसाइट सदस्यताको नामावली सार्वजनिक हुन्छ’ उनले भने, ‘ अब उजुरी लिने, दावी विरोध वा सच्याउने सबै वेवसाइटबाटै गरिने हो ।’
उनले सभापति शेरबहादुर देउवाले रुजु गरेर निर्वाचन समितिलाई बुझाएलगत्तै क्रियाशील सदस्यता वेवसाइटमार्फत् सार्वजनिक गरिने बताए ।
पौडेल पक्षका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता तत्काल सार्वजनिक गर्नुपर्ने, निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने लगायतका माग राखेर पार्टी कार्यालयमा धर्नामा छन् ।
प्रतिक्रिया