केही दिनमा वेबसाइटमा क्रियाशील सदस्यको नामावली सार्वजनिक हुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता सार्वजनिक गर्न सभापतिले निर्देशन दिइसकेको बताएका छन् । हिजो (सोमबार) राति मात्रै पार्टीभित्रका फरक–फरक समूहका नेताहरुको सहभागिता रहेको समितिले सभापतिलाई प्रतिवेदन बुझाएको थियो ।
पार्टी प्रवक्ता शर्माले केन्द्रीय कार्यालय सानेपामा मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षधर जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै धर्ना शुरु गरेको बताए ।
प्रवक्ता शर्माले निर्वाचन समितिलाई सभापति देउवाले क्रियाशील सदस्यता हस्तान्तरण गर्ने तयारी भइरहेको पनि बताए ।
‘केवल केही दिन मा वेबसाइट सदस्यताको नामावली सार्वजनिक हुन्छ’ उनले भने, ‘ अब उजुरी लिने, दावी विरोध वा सच्याउने सबै वेवसाइटबाटै गरिने हो ।’
उनले सभापति शेरबहादुर देउवाले रुजु गरेर निर्वाचन समितिलाई बुझाएलगत्तै क्रियाशील सदस्यता वेवसाइटमार्फत् सार्वजनिक गरिने बताए ।
पौडेल पक्षका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता तत्काल सार्वजनिक गर्नुपर्ने, निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने लगायतका माग राखेर पार्टी कार्यालयमा धर्नामा छन् ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया