एमाले दशौं महाधिवेशन मंसिरमा
काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन मंसिरमा हुने भएको छ । मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना गर्ने निर्णय गरेको छ ।
माधव नेपाल छाडेर एमालेमा आएका स्थायी कमिटी सदस्य र पूर्व माओवादी केन्द्रका नेतासहितको बैठकले दशौं महाधिवेशनको मिति तोकेको हो । ९ औं महाधिवेशनदेखि माधव नेपाललाई साथ दिदै आएका तर नेपालले नयाँ दल दर्ता गर्दा साथ छाडेका नेताहरुको सहमतिमा नै महाधिवेशनको मिति तोकेको हो ।
यस्तै विधान महाधिवेशन पनि सरेको छ । अब विधान महाधिवेशन असोज पहिलो ५ र ६ गते हुने भएको छ । स्थानीय तहका अधिवशेनहरुको मिति पनि सारिएको छ ।
बैठकले सबै प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई २०७५ जेठ २ अघिकै अवस्थामा क्रियाशील हुन निर्देशन दिएको छ । एमाले अब पूर्णरपमा २०७५ जेठ २ को अवस्थामा फर्किएको छ ।
प्रतिक्रिया