एमालेले गर्यो कार्यदल गठन, १० बुँदे सहमति कार्यान्वयन गर्ने

काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन गर्न कार्यदल गठन गरेको छ । मंगलबार तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकता कायम राख्न गठित कार्यादले सहमति गरेको १० बुँदे सहमति कार्यान्वयन गर्ने कार्यादल गठन गरेको हो ।
कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । बैठकमा ९ औं महाधिवेशनदेखि माधव कुमार नेपाललाइृ साथ दिदै आएका तर नेपालले नयाँ दल दर्ता गर्दा साथ छोडेका स्थायी कमिटी सदस्य र पूर्व माओवादी नेताहरु पनि सहभागी भएका थिए ।
बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्न केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै तहका कमिटी र जनसंगठनहरुलाई २०७५ जेठ २ गते पूर्वको अवस्थामा फर्काएको छ । यस्तै बैठकले नेकपा एमालेले आगामी मंसिर मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा पार्टीको १० औं महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए ।
बैठकले नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका माधव नेपालसहितका नेतालाई पार्टीमा फर्किएर आउन आह्वान गरेको छ ।


















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया