शुक्रबार, माघ २३, २०८२

राजनीतिक बन्धकको थलो बन्दै रिसोर्ट

दया दुदराज २०७८ भदौ ८ गते २०:०५
फोटो : सामाजिक सञ्जाल

काठमाडौं । नेकपा (एमाले)बाट विभाजित भएको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरू आवासीय भेलाका लागि भदौ ७ गते चन्द्रागिरी रिसोर्ट पु¥याईयो ।

नयाँ बनेको पार्टी एसमाजवादीमात्रै होईन एमाले, नेपाली कांग्रेसदेखी नेकपा (माओवादी केन्द्र)सम्मले पछिल्लो समय यो शैलीलाई पछ्याईरहेका छन् । हेर्दा सामान्य देखिएपनी यो शैली सभ्य रुपमा बन्धक बनाउने नयाँ शैलीको रुपमा विकास भईरहेको छ । कब्जामा राखेर आफू अनुकुलको निर्णय गराउने र विपक्षीको चलखेल रोक्ने अश्त्रको रुपमा यसको प्रयोग भईरहेको देखिन्छ ।

प्रदेश सरकारदेखि केन्द्रीय सरकारसम्म बन्धक बनाउने यो शैलीलाई पछ्याईरहेका छन् । राजनीतिक दललाई बलियो बनाउन र सत्ता हातमा लिनको लागि कहिले अन्य दलका नेता कार्यकर्ता र कहिले आफ्नै दलका नेता कार्यकर्तालाई रिसोर्टमा लगेर राख्ने प्रचलन पछिल्लो समय निकै मौलाएको देखिन्छ । स्थानीय सरकारमा पनि यसको धेरथोर प्रयोग भईरहेको छ तर चर्चामै आउनेगरी बाहिर भने अझै सम्म आएको छैन ।

पछिल्लो पटक पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला आफू पक्षका नेताहरू दायाँबायाँ नहुन् भन्ने उद्देश्यले उनीहरूलाई एकत्रित गरेर राख्न नेता नेपालले एकान्तवास लगेका थिए ।

एकान्तवासमा नेपाल निकट केन्द्रीय सदस्य र सांसदहरू उपस्थित भएका छन् । आफ्नो दलका केन्द्रीय सदस्यहरु उथलपुथल नहुन् भन्ने हेतुका साथ उनले चन्द्रगीरिमा एकान्तवासमा लागि लगिएको हो । त्यहाँ एकीकृत समाजवादी पार्टीको बैठक जारी छ । काठमाडौंको चन्द्रागिरिस्थित रिसोर्टमा सोमबार सुरु बैठक दोस्रो दिन पनि जारी रहेको हो ।

यता नेकपा एमालेको केन्द्रीय सदस्य बैठक जारी छ । विभाजीत भएको पार्टीमा एमालेबाट समाजवादी र समाजवादीबाट एमालेमा जाने क्रम भने रोकिएको छैन । माधवले सोही अवस्थालाई नियालेर आफ्नो केन्द्रीय सदस्यहरु दायाबायाँ नहुन् भनेर चन्द्रगीरी रिसोर्टमा लगेर राखिएको बताइएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले यसअघिको दल विभाजनसम्बन्धि अध्यादेश परिमार्जन गरी नयाँ अध्यादेश जारी गरेको थियो । प्रधानमन्त्री देउवाले जारी गरेको नयाँ अध्यादेशअनुसार दल विभाजन गर्न संसद वा केन्द्रीय समिति मध्ये कुनै एक ठाउँमा मात्रै २० प्रतिशत सदस्य भए पुग्ने प्रावधान रहेको छ । सोही अध्यादेश राष्ट्रपति विद्यादेवि भण्डारीले पारीत गरेसँगै नेकपा एमाले विभाजन भएको थियो । केपी ओली नेतृत्व नेकपा एमालेबाट विभाजीत भएर माधव नेपाल समुहले छुट्टै दल दर्ता गरेको थियो । आफु पक्षिय सांसद तथा केन्द्रीय सदस्यहरु पुनः एमाले तिरै नफर्किउनु भनेर उनले सांसद तथा केन्द्रीय सदस्यहरुलाई चन्द्रगीरी रिसोर्टमा लगेको हुन् ।

आफ्नो मातहतमा रहेका नेता तथा कार्यकर्ता र सांसदहरुलाई गुमाउने डर र त्रासमा कारण सभ्य रुपमा बन्धक बनाउने शैली पछिल्लो समय देशका अधिकासं राजनीतिक दलहरुले अपनाउदै आएका छन् । माधव नेपालले आफ्नो पक्षका केन्द्रीय सदस्यहरु र सांसदहरुलाई एकान्तवासमा लगिएको घटना एउटा नमुमा घटना मात्रै हो तर नेपाली राजनीतिमा यस्ता घटनाहरु व्यापक मौलाउदै आएको देखिन्छ ।

पहिलोपटक होईन
कुनै दललाई बलियो बनाउनको लागि अर्को दलका नेताहरुलाई आफ्नो पक्षमा पार्न विभिन्न आश्वासन देखाएर रिसोर्टमा लगेर बन्धक बनाउने यो शैली पहिलो पटक भने होईन । प्रदेश सरकारदेखि केन्द्रीय सरकारसम्म बन्धक बनाउने शैली मौलाएको देखिन्छ । राजनीतिक दललाई बलियो बनाउन र सत्ता हातमा लिनको लागि कहिले अन्य दलका नेता कार्यकर्ता र कहिले आफ्नै दलका नेता कार्यकर्तालाई रिसोर्टमा लगेर राख्ने प्रचलन पछिल्लो समय निकै मौलाएको देखिन्छ । स्थानीय सरकारमा पनि यसको धेरथोर प्रयोग भईरहेको छ तर चर्चामै आउनेगरी बाहिर भने अझै सम्म आएको छैन ।

एकान्तवासमा लगेर सुविधाजनक ढंगबाट राख्ने र त्यसबाट मनग्य फाईदा लुट्ने मनसायले यस्तो घटनाहरु बारम्बार भईरहेका छन् । कुनै दलका शिर्ष नेता आफै सहभागी भएर त कहिले दलका कुनै नेताको पकडमा यस्ता घटनाहरु बरम्बार दोहोरीरहेका छन् । जसलाई एउटा बन्धकका रुपमा लिन सकिन्छ । देशको विकास गर्नका लागि संसदमा पठाएका सांसदहरु कुन पार्टीले महंगो रिसोर्टमा लगेर राख्छ भनेर चियाउँदै व्यस्त छन् ।

गत असार १६ गते जनता समाजवादी पार्टीका बाबुराम भट्टराई , उपेन्द्र यादव पक्षका सांसद् र नेताहरुले ललितपुरस्थित गोदावरी रिसोर्टमा गएर पार्टीको बैठक बसेका थिए । उक्त समयमा जसपाको महन्त, राजेन्द्र र बाबुराम, उपेन्द्र फरक फरक पक्ष भएर उभिएका थिए । सोही समयमा आफ्नो पक्षका सांसदहरु महन्थ राजेन्द्र पक्षमा नजाउन् भन्ने मनसायका साथ सुविधाजनक ढंगबाट रिसोर्टमा लगेर राखिएको बुझ्न सकिन्छ ।

उक्त बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा नै गर्ने भनिएको थियो तर पछि आफुपक्षिय नेताहरु हच्किने हुन् की भन्ने मनसायका साथ रिसोर्टमा लगेर बैठक राखिएको थियो । बैठकमा सांसद र कार्यकारिणी समिति सदस्यहरुलाई राखेर यादव, भट्टराई, आशोक राई ,राजेन्द्र श्रेष्ठ महेन्द्र राय यादवलगायत नेताहरु सहभागी थिए ।

तात्कालिन जनता समाजवादी पार्टिका अर्कोपक्ष महन्थ ठाकुर र राजेन्द्र महत्तो पक्षसमेत गत वैशाख ३० गते भक्तपुरस्थित गोकर्ण रिर्सोटमा बस्न पुगेका थिए । ठाकुर पक्षका १३ जना सांसद्हरु रिर्सोटमा पुगेका थिए । जसपाका नेताहरुलाई बस्ने व्यवस्थापन नेकपा एमालेका नेता महेश बस्नेतले गरेका थिए । तात्कालिन प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनको लागि जसपाका सांसदहरुलाई रिसोर्ट लगिएको थियो ।

ओलीले सत्तामा टिकिरहन सांसद्हरुलाई रिर्सोटमा लगेर बन्द गरेका थिए । तर उनले विश्वासको मत नपाएपछि उनले पुनः संसद् विघटन गरेका थिए ।

नेकपा एमाले विभाजनको संघारमा रहेको बेला अझ भनौ तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेको भन्दै माधव कुमार नेपाल र ओली समुहबीच फरक/फरक मत आएको थियो । फलस्वरुप पार्टी विभाजनको मुखमा थियो । सोही अनुरुप पार्टी विभाजन पनि भयो ।


प्रदेशमा पनि उस्तै अवस्था
लम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार ढाल्न र र माओवादी केन्द्रसहितको गठबन्धनले आफुपक्षधर सांसद्हरुलाई साउन २५ गते कपिलवस्तुको वाणगंगास्थित राजापानी रिसोर्टमा लगेर राख्यो ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध साउन २७ गते प्रदेशसभामा अविश्वास प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो । तर सांसद किनबेचमा पर्छन् कि भन्ने डरले उनिहरुलाई यकत्रित गरेर रिसोर्टमा राखियो । यस्तै साउन १५ गते बिहान उपचारका लागि नेपालगञ्ज हिँड्न लागेकोमा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावतले अपहरणको शैलीमा मुख्यमन्त्री शंकर पोखरेलको निवासमा राखेको आरापे लुम्बिनी प्रदेशका सांसद् विमला वलीले लगाएकी थिइन् ।

यस्तै पोखरामासमेत पृथ्वी शुब्बा गुरुङको सरकार ढाल्न विपक्षी गठबन्धनले सांसदहरुलाई रिसोर्टमा लगेर राखेको थियो । पछिल्लो समय मौलाउँदो बन्धक बनाउने नयाँ स्वरुप रिसोर्टमा राख्ने परम्पराले भविष्यमा ठुलो दुर्घटना निम्ताउने बताइएको छ ।

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया