अफगानिस्तानबाट ११२ नेपाली स्वदेश फर्किए

काठमाडौँ । अफगानिस्तानबाट मंगलबार थप ११२ जना नेपाली स्वदेश फर्किएका छन् । तीमध्ये जोर्डन एभिएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट ९ जना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । योसँगै अफगानिस्तानबाट हालसम्म ७७० जना नेपाली स्वदेश फर्किएका छन् ।
आगमनपश्चात् अध्यागमनलगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उनहरूलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड–१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ ।
अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडौँसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको परराष्ट्रले जनाएको छ ।
मन्त्रालयका अनुसार अफगानिस्तानबाट उद्धार भई नेपाली नागरिक फर्कने क्रम जारी रहेका छन् । अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सरकारले आफ्नो विवरण भर्नका लागि कन्सुलर सेवा विभागको बेवपोर्टल तथा भाइबर र ह्वाट्एपसहितको मोबाइल नम्बरसमेत उपलब्ध गराएको छ ।
सरकारले नाम टिपाएकामध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछि सरकारले उपलब्ध गराएको फोन नम्बरमा जानकारी उपलब्ध गराउन आग्रहसमेत गरेको छ ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
प्रतिक्रिया