शनिबार, माघ १२, २०८१

केन्द्रीय कार्यालयको सदस्यबाट हटाएकोप्रति नारायण शर्माको आपत्ति

मेरोन्यूज २०७८ भदौ ९ गते १०:३५

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायण शर्माले आफुलाई पार्टीले कार्यालयको सदस्यबाट हटाएकोप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत कार्यालय सदस्यबाट हटाएर केन्द्रीय सदस्य बनाएकोप्रति आपत्ति जनाएका हुन् ।

Advertisement

उनकाे भनाइ जस्ताको तस्तै

सही हो कि गलत हो ? माओवादी केन्द्रको हालै बसेको बैठकले मलाई प्राध्यापक संघ सम्बद्ध जनसंगठनको जिम्मेवारी दिएको कुरा बाहिर आएको छ १ यदी यो साँचो हो भने एउटा अर्को विचित्रता भएको छ । पार्टीको गैरक्रान्तिकारी र गैरमालेमावादी विचार, नीति, विधी तथा नेतृत्वका अन्यायपूर्ण र अपमानजनक आचरण(व्यवहारसँग मेरा कैयौं असहमती छन् १ यो अवस्थामा मैले कुनै बैठक पनि एटेण्ड गरिरहेको छैन र यी विषयहरु समावेस भएका १५ बुँदा मैले गत पुषको बैठकको क्रममा सार्वजनिक समेत गरिसकेको छु १ यी गम्भीर सैद्धान्तिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक विषयहरुको सम्बोधन नभएसम्म म बैठकमा आउँदिन भनी स्वयं अध्यक्षलाई फोनमा भनी छोडिसकेको अवस्थामा तत्पश्चात कुनै छलफल, संवाद, सल्लाह र सन्देस पनि भएको र आएको छैन ।
अहिले सर्वोच्च अदालतले नै माओवादी केन्द्रको पुरानै कमिटी, सदस्य, स्वरुप र संरचना पुनर्स्थापित गरिदिएको अवस्थामा पनि आफ्नो स्वार्थलाई मध्यनजर गरी मनोमानी तरिकाले स्थायी समिति बनाएर मलाई केन्द्रीय कार्यालयको सदस्यबाट केन्द्रीय समितिको सदस्यमा अपमानजनक तरिकाले झारी पुरानै जिम्मेवारी दिनु अनौठो विडम्बना भएको छ । आज पार्टीमा क्रान्तिकारिता, सिद्धान्तनिष्ठता, स्वच्छता, सदाचारिता, त्याग, तपस्या, बलिदान, समर्पण, स्वविवेक, स्वाभिमान र आलोचनात्मक चेतको कुनै अर्थ नभैरहेको र यसमा सुधार, शुद्धीकरण, रुपान्तरण आदि केही कत्तिपनी हुने सम्भावना नदेखिइरहेको यो अवस्थामा यी समग्र पक्षमा मेरो असहमती र विरोध समेत रहेको पुनस् सार्वजनिक गर्न चाहन्छु !

प्रतिक्रिया