केन्द्रीय कार्यालयको सदस्यबाट हटाएकोप्रति नारायण शर्माको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायण शर्माले आफुलाई पार्टीले कार्यालयको सदस्यबाट हटाएकोप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत कार्यालय सदस्यबाट हटाएर केन्द्रीय सदस्य बनाएकोप्रति आपत्ति जनाएका हुन् ।
उनकाे भनाइ जस्ताको तस्तै
सही हो कि गलत हो ? माओवादी केन्द्रको हालै बसेको बैठकले मलाई प्राध्यापक संघ सम्बद्ध जनसंगठनको जिम्मेवारी दिएको कुरा बाहिर आएको छ १ यदी यो साँचो हो भने एउटा अर्को विचित्रता भएको छ । पार्टीको गैरक्रान्तिकारी र गैरमालेमावादी विचार, नीति, विधी तथा नेतृत्वका अन्यायपूर्ण र अपमानजनक आचरण(व्यवहारसँग मेरा कैयौं असहमती छन् १ यो अवस्थामा मैले कुनै बैठक पनि एटेण्ड गरिरहेको छैन र यी विषयहरु समावेस भएका १५ बुँदा मैले गत पुषको बैठकको क्रममा सार्वजनिक समेत गरिसकेको छु १ यी गम्भीर सैद्धान्तिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक विषयहरुको सम्बोधन नभएसम्म म बैठकमा आउँदिन भनी स्वयं अध्यक्षलाई फोनमा भनी छोडिसकेको अवस्थामा तत्पश्चात कुनै छलफल, संवाद, सल्लाह र सन्देस पनि भएको र आएको छैन ।
अहिले सर्वोच्च अदालतले नै माओवादी केन्द्रको पुरानै कमिटी, सदस्य, स्वरुप र संरचना पुनर्स्थापित गरिदिएको अवस्थामा पनि आफ्नो स्वार्थलाई मध्यनजर गरी मनोमानी तरिकाले स्थायी समिति बनाएर मलाई केन्द्रीय कार्यालयको सदस्यबाट केन्द्रीय समितिको सदस्यमा अपमानजनक तरिकाले झारी पुरानै जिम्मेवारी दिनु अनौठो विडम्बना भएको छ । आज पार्टीमा क्रान्तिकारिता, सिद्धान्तनिष्ठता, स्वच्छता, सदाचारिता, त्याग, तपस्या, बलिदान, समर्पण, स्वविवेक, स्वाभिमान र आलोचनात्मक चेतको कुनै अर्थ नभैरहेको र यसमा सुधार, शुद्धीकरण, रुपान्तरण आदि केही कत्तिपनी हुने सम्भावना नदेखिइरहेको यो अवस्थामा यी समग्र पक्षमा मेरो असहमती र विरोध समेत रहेको पुनस् सार्वजनिक गर्न चाहन्छु !
















हेटौँडामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया