आइतबार, माघ १३, २०८१

माधव नेपालसहित १४ सांसदको कारबाही माग गर्न एमाले नेताहरू सभामुखको कार्यकक्षमा

मेरोन्यूज २०७८ भदौ ९ गते १२:०७

काठमाडौँ । नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई पद मुक्त गर्नु पर्ने माग राख्दै एमालेका सांसदहरू सभामुखको कार्यकक्षमा पुगेका छन् । पार्टीले पद मुक्त गरेको सांसदहरूलाई किन कारबाही नगरेको भन्दै आएको एमालेका नेताहरू आज पनि सभामुखको कार्यकक्षमा पुगेका हुन् ।

Advertisement

मंगलबार दाँतको उपचार गरेका सभामुख अग्निप्रसाद सापकोटा आफ्नै निवासमा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ । उनको कार्यकक्षमा मानन्धरसहित खगराज अधिकारी, शान्ता चौधरी, सूर्य पाठक, विद्या भट्टराईलगायत नेताहरू पुगेका हुन् ।

एमालेले माधव नेपालसहित १४ सांसदहरूलाई कारबाही गरेको पत्र संसद सचिवालयमा बुझाइसकेको छ ।

प्रतिक्रिया