रिसोर्ट नामक डाँडामा नेतालाई राख्दैमा लोकतन्त्रको रक्षा हुँदैन : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई घरबाट थुतेर घेराबन्दीमा राखेको बताएका छन् । एमालेबाट विभाजन भई प्रस्तावित नयाँ पार्टी नेकपा एकीकृत (समाजवादी)का नेता माधव कुमार नेपाललाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।
‘घरबाट मान्छे थुतेर रिर्सोट नामक डाँडामा लगेर राख्दैमा लोकतन्त्रको रक्षा हुन्छ ?, आफूलाई अध्यक्ष भन्नेदेखि भुँईका मान्छेहरूको बैठक बसेको छ यो कस्तो बैठक हो ?,’ अध्यक्ष ओलीले भने, ‘हामीले पार्टी नफुटोस् भनेर १४ जनालाई कारबाही गरेका थियौँ, यसले फार्टी फुटाउन प्रतिशत पुग्दैन थियो ।’
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सभामुखलाई लक्षित गर्दै दाँत टाल्न गएको बताए । ‘उहाँ (सभामुख)ले सुनेको नसुनेको जस्तै गरी दाँत टाल्न जानु भयो, किन एमालेले कारबाही गरेकोबारेमा सुनेको नसुने जस्तै गर्नु भयो,’ उनले भने, ‘निर्वाचन आयोगले पनि नेकपा एमालेले १४ जनालाई कारबाही गरेको थाहा छ, फेरि हामीलाई नै सोध्छ के भयो भनेर ?’
उनले एमालेलाई फुटाउन सभामुखदेखि आयोगसम्मले गिजोल्ने कामबाहेक केही गर्न नसकेको आरोप लगाए । ‘म अनुकूल समयमा नेतृत्व हस्तान्तर गर्दछ,’ उनले भने, ‘यसका लागि सही समय आउनु पर्ने छ ।’
उनले आफ्नो समयमा पार्टीलाई शीर्ष स्थानमा पुर्याए पनि जोगाउन नसकेको भन्दै माफी मागेका छन् । यस्तै, उनले नेता नेपाललाई लक्षित गर्दै उनले आफ्नो घर जलाएर खरानी बेच्दैमा शहर नबन्ने प्रतिक्रिया दिएका छन् । पत्रकारले गरेको प्रश्नमा उनले यस्तो बताएका हुन् ।
















कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
यी हुन् एमाले सचिवालय बैठकका निर्णय
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
प्रतिक्रिया