एमाले पार्टी प्रवक्तामा योगेश भट्टराई
मेरोन्यूज
२०७८ भदौ ९ गते १३:२४

काठमाडौं । पुर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का नेता योगेश घट्टराईलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिईएको छ । भट्टराईले बुधबारदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।
मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेको थियो । त्यसपछि बुधबारदेखि भट्टराईले प्रवक्ताका रुपमा काम थालेका हुन् ।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघि २०७५ जेठ २ गतेसम्म भट्टराई पार्टी प्रवक्ताकै जिम्मेवारीमा थिए । मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्ताको भूमिकामा थिए ।
मंगलबार च्यासलमा बसेको स्थायी समिति बैठकले गरेका निर्णयबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ताका रुपमा भट्टराईले जिम्मेवारी सम्हालेर पार्टी २ जेठ ०७५ कै अवस्थामा पुगेको सन्देश दिएका छन् ।
सम्बन्धित















तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया