नेकपा एसमा २९ सांसद र ५५ केन्द्रीय सदस्यको हस्ताक्षर
मेरोन्यूज
२०७८ भदौ ९ गते १३:४९

काठमाडौँ । नेकपा एमालेबाट विभाजन भई बनेको नयाँ पार्टीमा २९ सांसद र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरिसकेका छन् । बुधबार निर्वाचन आयोगमा सनाखत गर्न राष्ट्रियसभा र प्रतिनिधिसभाका २९ सांसद र ५५ केन्द्रीय सदस्य पुगेको नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको हो ।
कुल सांसदको २० प्रतिशत वा केन्द्रीय कमिटीको २० प्रतिशत पुगे दल विभाजन हुन सक्ने राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएसँगै नेता माधव कुमार नेपाल नेतृत्वमा नयाँ पार्टी बन्ने भएको हो ।
उनीहरूको निवेदनअनुसार नेकपा एस दर्ता आयोगले आज सनाखत गरेको हो । आयोगले सनाखत गर्न आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको थियो ।
पार्टीले ३१ सांसद र ६५ केन्द्रीय सदस्य उपस्थित हुने दाबी गर्दै आएको थियो ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
प्रतिक्रिया