सोमबार, फागुन ४, २०८२

एक हप्ताभित्र जसपा सरकारमा जान्छ : डा. भट्टराई

मेरोन्यूज २०७८ भदौ ९ गते १६:०८

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन् । उनले तराई–मधेश र पहाडको प्रतिनिधित्व हुनेगरी समावेशी आधारमा पार्टी सरकारमा जाने बताए ।

Advertisement
nepal life insurencenepal life insurence

जसपाले सात वटै प्रदेशमा आव्हान गरेको पार्टी सुदृढीकरण एवं जनजागरण अभियान अन्तर्गत बागमती प्रदेशलाई समेटेर बुधबार काठमाडौंमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले जसपा नयाँ विचार र एजेण्डासहितको वैकल्पिक शक्तिको रुपमा उदयमान भएको बताए ।

महन्थ ठाकुरले प्रतिगमनको मतियार बन्दा प्रधानमन्त्री बन्ने अवसर गुमाएको टिप्पणी गर्दै डा। भट्टराईले ठाकुर–महतोलाई खानेबेलामा अभागीलाई रिस उठे जस्तै भएको व्यंग्य गरे ।

जसपा बाहेक कुनै पनि राजनीतिक शक्तिले मुलुकलाई सही निकास दिन नसक्ने भन्दै उनले आगामी निर्वाचनबाट जनताका उत्साहजनक मत पाएर जसपा बलियो शक्तिको रुपमा उभिने विश्वास व्यक्त गरे ।

भाद्र १ र २ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरे अनुसार सात वटै प्रदेशमा सुरु भएको पार्टी सुदृढीकरण र जनजागरण अभियानले जसपालाई एउटा नयाँ उचाईमा पुर्याउने उनले बताए ।

बागमती प्रदेशका जिल्लाहरुबाट नेतृत्वदायी अगुवा नेताहरु सम्मिलित सो कार्यक्रमलाई जसपाका नेताहरु राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव र हिसिला यमी लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया