सभापति देउवाले क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्नुपर्छ : बरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन् । वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अवसर प्रदान गर्न पनि पार्टी नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्नुपर्ने मुख्य माग राख्दै पार्टीका जिल्ला सभापतिहरुले धर्ना दिईरहेका छन ।
सोही धर्ना कार्यक्रममा ऐक्यवद्धता जनाउन बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुग्नु भएका वरिष्ठ नेता पौडेलले युद्धस्तरमा काम गरेर भएपनि पार्टीको क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न सभापति देउवासँग माग गरे ।
पार्टीको वैधानिक संकट आउन नदिन आगामी भदौं १८ गते वडा अधिवेशन सम्पन्न हुने गरी युद्धस्तरमा काम अगाडि बढाउन पनि पार्टी नेतृत्व गम्भिर हुनुपर्ने उनले बताए ।
वरिष्ठ नेता पौडेलले भने ‘युद्धस्तरमा अहोरात्र खटिएर क्रियाशील सदस्यहरुको नामावली टुंग्याएर पार्टीलाई बैधानिक संकटबाट बचाउन पर्दछ । संवैधानिक संकटबाट नेपाली काँग्रेसलाई बचाउनुपर्ने अहिले आवश्यक्ता भएको छ । २०७७ साल मंसीर २८ गतेबाट सुरु भएको महासमिति बैठकदेखि नै कार्यतालिका बनाएर महाधिवेशन गरौं भन्दा मानिएन ।’
वरिष्ठ नेता पौडेलले पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न आफूले प्रयास गरिरहे पनि पार्टी नेतृत्वले सुनुवाई नगरेको गुनासो गरे ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया