आइतबार, माघ ६, २०८१

अध्यादेश ल्याउनु बाध्यता होः मन्त्री कार्की

मेरोन्यूज २०७८ भदौ १० गते ८:५४

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बाध्यात्मक परिस्थितिमा वर्तमान सरकारले अध्यादेश ल्याएको बताएका छन् ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै पार्टी भित्रै चर्को आलोचना भइरहँदा सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले उक्त अध्यादेश संसदको स्थिरताका लागि भएको जिकिर गरे ।

बुधबार सुनसरीस्थित निर्वाचन क्षेत्र पुगेका मन्त्री कार्कीले ओली सरकार स्वार्थ केन्द्रीत बन्दा मुलुक अनिर्णयको बन्दी बनेको तर्क गर्दै जारी अध्यादेश मुलुकको निकाश र सम्वृद्धिका लागि भएको बताए ।

उनले गठबन्धनको संस्कृतिलाई बलियो बनाएर लैजाने भन्ने विषयमा छलफल जारी रहेकाले सरकार विस्तारमा ढिलाई भएको उल्लेख गर्दै अब छिट्टै विस्तार हुने समेत बताए ।

मन्त्री कार्की कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रको विस्तार र स्थानीयको समस्या बुझ्न सुनसरी पुगेका हुन् ।

मन्त्रीसँगै पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षक विभागका महानिर्देशक सहितको टोलीले स्थानीयले झेल्दै आएको हात्ती सहितका जंगली जनावरको आक्रमण रोक्न आवश्यक कार्ययोजना अघि बढाउने विषयमा पहल चाल्ने बताएको छ ।

प्रतिक्रिया