नेपालमा साँच्चिकै लोकेसनमा सुटिङ गर्न सकिन्छ : बलिउडका आर्ट डिरेक्टर अन्जन

काठमाडौं । बलिउडमा प्रोडक्सन डिजाइनर तथा आर्ट डिरेक्टरको काम गर्ने अन्जन गजुरेलले आर्ट डिरेक्टर युद्धमा होमिएको सिपाही जस्तो भएको बताएका छन् ।
उनले आज अस्कर इन्टरनेसनल कलेजका तेस्रो वर्षका विद्यार्थीसँग अन्तरक्रिया गर्दै यस्तो धारणा राखेका हुन् । युद्धमा गएको सिपाही हरेक खाले परिस्थितिका लागि तयार हुनुपर्छ, यो पेसाले पनि सोही खालको चरित्र माग गर्ने उनले बताए ।
‘धेरैजसो अवस्थामा निर्देशक र क्यामरामेनलाई पनि थाहा हुन्न कि के चाहिएको हो,कहिलेकाहीँ टेबलमा होमवर्क गरेको कुरा सेटमा परिवर्तन भइदिन्छ,’ उनले अनुभव सुनाउने क्रममा भने, ‘अझ तपाईं अनुराग बसुजस्तो मान्छेसँग काम गर्नुहुन्छ भने त तपाईंलाई कहीँ जंगलको बीचमा चोपरले छाडिदिए जस्तो हुन्छ । बाटो पत्ता लगाउने र कहाँ पुग्ने तपाईँ आफैंले निक्र्योल गर्नुपर्ने हुन्छ ।’
२० वर्षदेखि बलिउडका टेलिभिजन सिरिज र चलचित्रमा काम गरिरहेका अन्जन नेपालमा ग्यालेक्सी टेलिभिजनले निर्माण गर्न लागिरहेको ‘सारेगम लिटिल च्याम्स’ र ‘को बन्छ करोडपति’ को सेट डिजाइनका लागि आएका थिए ।
उनले आफूले नेपालमा बनिरहेको सेट डिजाइन मज्जाले हेर्न नपाएको भए पनि फिल्म र सिरिजमा भन्दा विज्ञापन चलचित्रमा राम्रो काम भइरहेको महसुस गरेको उल्लेख गरे । अन्जनले बलिउडमा स्टार कलाकार धेरै भएको र उनीहरुलाई लिएर रियल लोकेसनमा सुटिङ गर्न अप्ठेरो भएकाले स्टुडियोमा नै सेट लगाएर सुटिङ गर्ने प्रचलन रहेको बताउँदै नेपाललाई यसमा सुविधा रहेको बताए ।
‘नेपालमा साँच्चिकै लोकेसनमा सुटिङ गर्न सकिन्छ । यो बजेट र चलचित्रको लुकको हिसाबले पनि राम्रो हो तर यस्तो ठाउँमा राम्रो आउटपुट निकाल्न निर्देशक, छायांकार र आर्ट डिरेक्टरले राम्रो तयारी गर्नुपर्छ,’ उनको सुझाव छ ।
करिब डेढ घन्टा विद्यार्थीसँग बिताएका अन्जनले आफ्नो यात्रा सन् २००१ मा स्टारप्लसबाट प्रसारण भएको ‘देशमें निकला होगा चाँद’ बाट सुरु भएको बताउँदै यो क्रममा सानाठूला गरी तीन दर्जनभन्दा चलचित्र, टेलिभिजन तथा वेब सिरिजमा काम गरेको जानकारी दिए ।
उनले पछिल्लो समय अनुराग बसु निर्देशित ‘लुडो’ मा काम गरेका थिए । विद्यार्थीसँगको अन्तरसंवादमा उनले यो फिल्मको सेट निर्माण र डिजाइनको अनुभव पनि बाँडेका थिए ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया