चलचित्र क्षेत्रमा पेशागत हुन थप चुनौती : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले अहिलेको पुस्तालाई चलचित्रमा अगाडि बढ्न एकदमै चुनौती रहेको बताएका छन् । आज बिहीबार नयाँ बानेश्वरस्थित वान सिनेमामा आयोजित कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीले निर्माण गरेको ८ वटा छोटो चलचित्रको स्क्रिनिङ र ग्राजुयशन पूरा गरेका विद्यार्थीहरुको विदाई कार्यक्रममा बोल्दै उनले प्रविधिको विकासले चुनौती थपिएको बताएका हुन् ।
‘पहिला दर्शकलाई चलचित्रको टेक्निकल पक्ष थाहा हुँदैन थियो । चलचित्र कसरी बन्छ भन्नेमै ठूलो आश्चर्य थियो, तर, अहिले त्यस्तो छैन । अहिले बच्चाले पहिला आमाको फोटो खिच्छ अनि आमा भन्न सिक्छ, अहिले सबैको हातमा चलचित्र बनाउन सामाग्री छ । चलचित्र कसरी बन्छ भन्ने जानकारी अहिले सबैलाई भएकाले यो क्षेत्रमा पेशागत (प्रोफेसनल) हुन थप चुनौती छ,’ उनले भने ।
चलचित्रका विभिन्न विधामा अध्ययन गरेका विद्यार्थीहरुलाई अभिनेता हमालले चलचित्र क्षेत्रमा कार्यरत हुनका लागि हरदम चुनौतीको सामना गर्न तयार हुनुपर्ने सुझाव दिएका छन् । चलचित्रमा काम
गरुन्जेल हर पल, हर कदम, हर खुड्किलामा चुनौतीको सामना गर्दै अगाडि बढ्नु पर्ने उनको भनाई छ ।
उनलेभने, ‘चलचित्र क्षेत्र लोकतान्त्रिक क्षेत्र हो । चलचित्रमा प्रवेश गर्न जो पनि सक्छ । अभिनय, निर्देशन, निर्माण जसले पनि गर्न सक्छ तर टिकिरहन जो पनि सक्दैन । पूँजी छ, चिनाजान छ भने सबैजना पहिलो चलचित्रमा हिरो–हिरोइन बन्न सक्छन् तर, पहिलो चलचित्र नै दर्शकले स्वीकार गरेनन् भने त्यसपछि मरिहत्ते गरे पनि अगाडि बढ्न सकिन्न, त्यसैले यो लोकतान्त्रिक क्षेत्र हो ।’
सच्चा मेकर बन्न आफूले पस्कने सामाग्री आफ्नै फ्लेवरको हुनपर्ने उनी बताउँछन् । अरुबाट प्रेरित भए पनि आफ्नो यूनिकनेस पस्कने खुबी मेकरमा हुन आवश्यक रहेको उनले बताए । राजेश हमालले कोरोना महामारीले विश्वको चलचित्र उद्योगले नै अकल्पनीय परिस्थितिको सामना गरेको भए पनि हतोत्साहित हुन नहुने बताएका छन् ।
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया