ओली दक्षिणपन्थी भासमा फसेर प्रतिगामी कदम चाले : अध्यक्ष नेपाल

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भासमा फसेको आरोप लगाएका छन् ।
नयाँ पार्टीले मान्यता पाएपछि बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष नेपालले ओली दक्षिणपन्थी भासमा फसेको र प्रतिगामी कदम चालेको आरोप लगाए । उनले ओली सरकार संचालन र पार्टी संचालनमा पनि असपल भएको बताए ।
उनले भने, ‘ओली दक्षिणपन्थी भासमा फसिसकेको, सरकार संचालनमा असफल भइसेको, एकीकृत कम्युनिष्ट पार्टी विभाजनमा अग्रसरता लिएको छ । दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरि प्रतिगामी कदम चालेको मान्छेको भ्रमबाट मुक्त भएर नयाँ क्रान्तिकारी धारमा समाहित हुन आग्रह गर्न चाहान्छु । हजारौं हजार कार्यकर्ताको सुरक्षाका बारेमा सोच्नुपर्ने हुन्थ्यो ।’
उनले पार्टीमा २०७७ सालबाट नै विद्रोह गर्दै आएको बताउदै नेता, कार्याकर्ता र स्थानीय तहका जनप्रतिनिधिको भविष्यको चिन्ता गरेकाले पार्टी अनुकुल समयमा विभाजन गरेको बताए ।
‘संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित भएका कार्यकर्ताको भविष्यको चिन्ता गर्ने भएकाले हामीले तत्कालै नयाँ पार्टी खोलेनौं । पछिल्लो समय त्यसको सुनिश्चित हुने गरी संवैधानिक अनुकूलता प्राप्त भएपछि नयाँ दल दर्ता गरेको हो । अहिले परिस्थितिमा परिवर्तन भयो, हाम्रा लागि मात्रै होइन, अरुका लागि पनि आवश्यक पर्यो’ उनले भने, ‘संवैधानिक अनुकूलता प्राप्त भयो । एउटा निकास पायौं । हामीले सबै कार्यकर्तालाई सुरक्षा गर्न सक्ने भयौं ।’
अध्यक्ष नेपालले आफ्नो साथ छाडेका नेताहरुको आग्रहमा निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेको पनि बताए । उनले ओली अग्रगमनका बाधक र प्रतिगमनका बाहक रहेको भन्दै आफुले काँग्रेस, माओवादी, जसपासँग कुरा गरेर नयाँ मोर्चा बनाएर उनलाई फाल्न सफल भएको बताए ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया