गठबन्धनको सरकारमा सहभागी हुने अध्यक्ष नेपालको घोषणा
मेरोन्यूज
२०७८ भदौ १० गते १५:४८
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी पाँच दलीय गठबन्धनको सरकारमा छिटै सहभागी हुने बताए । पाँच दलीय गठबन्धनलाई अगाडि लैजाने भन्दै उनले सरकारमा सहभागी हुने बताए ।
यस्तै उनले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने बताए । कम्युनिस्ट पार्टी नछोड्ने भन्दै उनले कम्युनिस्ट पार्टीले मात्रै जनताको समस्या सम्बोधन गर्ने बताए ।
अध्यक्ष नेपालले नेपाल कृषि प्रधान देशका भएकाले आफ्नो पार्टीले कृषिलाई नेपाली अर्थतन्त्रको जग बनाउने पनि बताए ।
सम्बन्धित
प्रतिक्रिया