एमाले पार्टी काम नलाग्ने भन्नु आश्चर्यजनक : डा.रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले एमालेबाट प्रधानमन्त्रीसम्म भएको मान्छेले एमाले काम नलाग्ने पार्टी भन्नु आश्चर्यजनक भएको बताएका छन् ।
उनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै नवगठित एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति यस्तो टिप्पणी गरेका हुन् । उनले एमालेबाट पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक भएको बताए ।
उनले लेखेका छन्, ‘दक्षिणपन्थी पूँजीवादी नेपाली कांग्रेससँग सहकार्य गरी पदमा जान खोज्नेहरुले नेकपा एमालेलाई १० बुँदे सहमतिका आधारमा एक हुनुपर्छ भन्नेहरुलाई दक्षिणपन्थी देख्नु उदेकलाग्दो हो । अझ यस पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी भन्नु आश्चर्यजनक हो ।’
एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले आज पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले काम नलाग्ने पार्टी भएकाले नयाँ दल दर्ता गर्नु परेको बताएका थिए ।

















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया