समाजवादी प्रेस नेपाल गठन
मेरोन्यूज
२०७८ भदौ १० गते २०:२६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध पत्रकार संगठनको नाम समाजवादी प्रेस नेपाल तय भएको छ ।
संगठनका नेता विश्वमणि सुवेदीको अध्यक्षता आज सम्पन्न भेलाले संगठनको तदर्थ समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई तोकेको छ । श्रेष्ठ प्रेस चौतारी नेपालको संस्थापक सदस्य तथा तीन कार्यकाल अध्यक्ष भएका थिए । उक्त समितिले दुई साताभित्र राष्ट्रिय भेलाको आयोजना गरी केन्द्रीय समितिलाई पूर्णता दिने भएको छ ।
भेलामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेताहरु राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, डा विजय पौडेल, वरिष्ठ पत्रकार चौतारीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईँ, वरिष्ठ पत्रकार किशोर श्रेष्ठसहितको उपस्थिति थियो ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया