मुख्यमन्त्री भएकै दिन आचार्यलाई शोक
काठमाडौं । मुख्यमन्त्री बनेकै दिन भीम आचार्यलाई भातृ शोक परेको छ । इनरुवा ३ रहेको घरको कोठामा ५६ वर्षिय कान्छो भाई रामप्रसाद आचार्य मृत भेटिदा भीम आचार्य बिराटनगरमा मुख्य मन्त्री बन्ने तरखरमा थिए ।
मुख्य मन्त्रीमा चयन हुँदै गर्दा आचार्यले भातृ शोकमा परेका थिए । उनले शोकमै शपथ लिएका छन् । मुख्य मन्त्री आचार्य भाईको मृत्युको खबर पश्चात हतार हतारमा शपथ ग्रहण सकाएर अन्तिम संस्कारमा सहभागि हुन इनरुवा गुगेका थिए ।
मुख्य मन्त्री आचार्यले इनरुवा अस्पताल पुगेर कान्छो भाईलाई श्रद्धाञ्जली दिए । मृतक रामप्रसाद भीम आचार्यका कान्छो भाई हुन् । मृतकका श्रीमती र दुई छोराछोरी छन् । मृतक आचार्यको आजै सुनसरी खोलामा दाह संस्कार गरिएको छ । सो क्रममा प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला लगायतको उपस्थिती रहेको थियो । आचार्यको मृत्यु विष सेवनबाट भएको बताइएको छ ।
















सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया