जनप्रतिनिधि जनता र संविधानप्रति उत्तरदायी हुनुपर्ने : नागरिक समाज
काठमाडौं । नागरिक समाजका अगुवाहरुले राजनीतिक दलको अस्वभाविक गतिविधि र अस्थिरताका कारण लोकतन्त्र धरापमा परेको विश्लेषण गरेका छन् ।
मानव अधिकार एलायन्सले काठमाडौंमा आज आयोजना गरेको ‘सिटिजन कनक्लेभ अन डेमोक्रेसी’ विषयक अन्तरक्र्रियामा उनीहरुले राजनीतिक दलका नेताले लोकतन्त्र प्राप्तिका लागि सङ्घर्ष गरे पनि त्यसलाई संस्थागत गर्न नसकेको टिप्पणी गरेका हुन् । संविधानविद् डा भिमार्जुन आचार्यले राजनीतिक दलका नेताले आफैँले बनाएको ऐन/कानून, संविधान, नीति नियम विपरित आ–आफ्नो ढङ्गले गतिविधि गरेका कारण पनि लोकतन्त्र धरापमा परेको बताए । लोकतन्त्र बलियो बनाउनका लागि जनप्रतिनिधि जनता र संविधानप्रति उत्तरदायी हुनुपर्ने उनको भनाइ छ ।
सांसद डा विमला राई पौडेलले लोकतन्त्रलाई बलियो बनाउनका लागि कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालाई ऐन/कानून, संविधानअनुसार नियम सम्मत ढङ्गबाट सञ्चालन गर्नुपर्ने धारणा राखिन् । नागरिक समाजका अगुवा कनकमणि दिक्षितले नागरिक समाज मौन बसेका कारण पनि राजनीतिक दलका नेताहरुले आफूखुसी मुलुक सञ्चालन गरी मुलुकमा अस्थिरता निम्त्याएको बताए। वरिष्ठ अभिवक्ता दिनेश त्रिपाठीले राजनीतिक दलको लोकतन्त्र विरोधी गतिविधि रोक्नका लागि पनि नागरिक समाजबीचको एकताको आवश्यकता औँल्याए ।
















सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया