दक्षिणपन्थी र मध्यपन्थीलाई परास्त गर्दै विद्रोह सफल भयो : एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले नेपाली कम्युनिष्ट आन्दोलनको उतारचढावपूर्ण इतिहासमा फेरि एउटा विद्रोह भएको बताएको छ । बिहीबार साँझ विज्ञप्ती जारी गर्दै एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी, मध्यपन्थी अवसरवादीहरूबाट गरिएका जालझेल, षडयन्त्र, हमला र अपहरणका प्रयासलाई परास्त गर्दै विद्रोह सफल भएको बताएको छ ।
नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापना कालदेखि राखेको लक्ष्य–उद्देश्य एकीकृत समाजवादी पार्टीले पनि तिनै लक्ष्य–उद्देश्य राख्ने विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, ‘हामी हाम्रा अग्रजहरूले प्रस्तुत गर्नुभएका क्रान्तिकारी दृष्टिकोण, सहिदहरूको वलिदान र हजारौँ योद्धाहरूको त्याग, तपस्या र कठोर परिश्रमबाट निर्मित गौरवमय इतिहास बोकेको नेपाली कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अबसरवादको भासमा डुब्न र विसर्जन हुनबाट जोगाउन चाहन्छौँ । हामी नेकपाले आफ्नो स्थापना कालदेखि नै राष्ट्र र जनताकासामु राखेका लक्ष्य–उद्देश्यहरू प्राप्त गर्ने दिशामा दृढ कदमका साथ अगाडि बढ्न चाहन्छौँ । त्यसका निम्ति क्रान्तिकारी दृष्टिकोण, मुलुकको राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान र वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने पूर्ण प्रतिबद्धताका साथ कदम चाल्न चाहन्छौँ । नेपाली जनताको लामो सङ्घर्ष र वलिदानबाट प्राप्त उपलब्धीहरूको रक्षा र विकासका निम्ति पनि हामी दृढताका साथ अगाडि बढ्न चाहन्छौँ । यही दायित्बोधका साथ नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा, पुनर्गठन र रूपान्तरण गर्न चाहन्छौँ । यस महान कार्यमा सबैबाट हार्दिक सहयोगको अपेक्षा पनि गर्दछौँ ।’
नेपालको कम्युनिष्ट आन्दोलनमा जननेता कमरेड मदन भण्डारीले स्थापित गरेको विचार, दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्ने भन्दै एकीकृत समाजवादीले त्यसका निम्ति नेकपालाई नयाँ ढङ्गले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउने बताएको छ । एकीकृत समाजवादीले प्रतिनिधी सभालाई पूर्ण कार्यकाल टिकाउन चाहेको बताएको छ ।


















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
प्रतिक्रिया