३८ जिल्लामा तोकियो कांग्रेसका निर्वाचन अधिकृत (सूचीसहित)

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि तोकेको छ । अहिले तोकेको जिल्ला निर्वाचन प्रतिनिधिलाई भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशनसमेतको निर्वाचन गर्न कार्य क्षेत्रसहित कांग्रेसले प्रतिनिधि खटाएको हो ।
निर्वाचन अधिकृतहरू आजैदेखि आफूले जिम्मेवारी पाएको जिल्लामा जाने भएका छन् । निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइएको जानकारी दिए । उनीहरू आजै तोकिएको जिल्लामा खटिने उनले बताए ।
‘भदौं १८ गतेदेखि वडा अधिवेशन शुरु गर्ने कार्य तालिकाअनुसार निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि तोकेर हामीले पठाएका छौँ, बाँकी जिल्लामा पनि केही दिनभित्रै तोकेर सक्छौँ,’ निर्वाचन समितिका संयोजक यादवले भने ।
यसरी तोकिएकामध्ये अधिकांश कानुन व्यवसायीहरू रहेका छन् । केहीमा भने प्राध्यापक र नेपाल शिक्षक संघका प्रतिनिधिलाई पनि जिम्मेवारी दिइएको छ ।
बाँकी जिल्लामा समेत चाँडै प्रतिनिधि पठाउने कांग्रेसले जनाएको छ ।



















मतपत्रसहितका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा पठाइँदै
ज्योति विकास बैंकका ग्राहकलाई ‘रोयल क्लिनिङ’ सेवामा ५० प्रतिशतसम्म छुट
झापा ५ का रास्वपा क्षेत्रीय परिषद् सदस्य खनाल एमालेमा प्रवेश
लुम्बिनी प्रदेशमा ‘सुरक्षित मातृत्व अभियान’
खुल्यो तुम्लिङटार विमानस्थल
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
आजपाकाे चुनावी घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि एक घर-एक रोजगारीसम्म
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया