३८ जिल्लामा तोकियो कांग्रेसका निर्वाचन अधिकृत (सूचीसहित)

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि तोकेको छ । अहिले तोकेको जिल्ला निर्वाचन प्रतिनिधिलाई भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशनसमेतको निर्वाचन गर्न कार्य क्षेत्रसहित कांग्रेसले प्रतिनिधि खटाएको हो ।
निर्वाचन अधिकृतहरू आजैदेखि आफूले जिम्मेवारी पाएको जिल्लामा जाने भएका छन् । निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइएको जानकारी दिए । उनीहरू आजै तोकिएको जिल्लामा खटिने उनले बताए ।
‘भदौं १८ गतेदेखि वडा अधिवेशन शुरु गर्ने कार्य तालिकाअनुसार निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि तोकेर हामीले पठाएका छौँ, बाँकी जिल्लामा पनि केही दिनभित्रै तोकेर सक्छौँ,’ निर्वाचन समितिका संयोजक यादवले भने ।
यसरी तोकिएकामध्ये अधिकांश कानुन व्यवसायीहरू रहेका छन् । केहीमा भने प्राध्यापक र नेपाल शिक्षक संघका प्रतिनिधिलाई पनि जिम्मेवारी दिइएको छ ।
बाँकी जिल्लामा समेत चाँडै प्रतिनिधि पठाउने कांग्रेसले जनाएको छ ।












कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया