एकीकृत समाजवादी गठबन्धनको सरकारमा सहभागी हुने
मेरोन्यूज
२०७८ भदौ ११ गते १८:४४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनको सरकारमा सहभागी हुने निर्णय गरेको छ । एकीकृत समाजवादीको शुक्रबार बसेको स्थायी कमिटी बैठकले पाँच दलीय गठबन्धनको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
तर मन्त्री चयन सत्ता साझेदार दलहरुबीच मन्त्रालय टुंगिएपछि गर्ने निर्णय भएको बताइएको छ । २ भदौमा नेकपा एमाले पार्टी फुटाएर माधव कुमार नेपालले दर्ता गरेको नयाँ दलले बुधबार मान्यता पाएपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले छिटो मन्त्रिपरिषद् विस्तार गर्ने बताए पनि माधव नेपाललाई कुरेर बसेका छन् । सत्ता साझेदार दलबीच एकीकृत समाजवादीले पाँच मन्त्रालय र एक राज्य मन्त्रालय दिने सहमति भएको छ ।
सम्बन्धित
प्रतिक्रिया