शुक्रबार, फागुन २२, २०८२

एम्बुलेन्स खरिद गर्न रोटरी क्लबको १४ लाख सहयोग

मेरोन्यूज २०७८ भदौ १२ गते ९:२९

पाल्पा । अन्तर्राष्ट्रिय सहयोगी संस्था रोटरी क्लब अफ पाल्पाले एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेको छ । नेपाल परिवार नियोजन संघलाई एम्बुलेन्स खरिदका निम्ति १४ लाख ८९ हजार ९२० रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

एम्बुलेन्स खरिदका निम्ति चेक प्राप्त भएपछि नेपाल परिवार नियोजन संघ जिल्ला शाखाका उपाध्यक्ष ज्योति भण्डारीले एम्बुलेन्सकै अभावमा कोही पनि व्यक्तिले अकालमा ज्यान गुमाउन नपर्ने बताए ।

जिल्लामा एम्बुलेन्सको सङ्ख्या धेरै भएपछि चाहिएका बेला नपाइने समस्याले स्थानीयले सास्ती खेपेको उनले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले मानव हितका निम्ति सरकारले गर्ने कार्य क्लबले गरेकामा यस कार्यबाट केही पाठ सिक्न आवश्यक रहेको बताए ।

रो इन्टरनेशल डिस्टिक ३२९२ डिजिएन रोट्यट राजेन्द्रप्रसाद ध्वजुले आफूहरु समाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापित भएको बताए ।

प्रतिक्रिया