युवा संघको कार्यक्रममा ओलीको भविश्यवाणी
एमालेबाट को उम्मेदवार बन्छ, अहिले थाहा छैन, तर जो उठे पनि जित्छ : ओली
‘चुनावमा उठेपछि प्रतिस्पर्धी हुन्छन् । तर अबको चुनावमा एमालेको कसैसँग प्रतिस्पर्धा हुँदैन, उनीहरु जे जो मिलेपनि एमालेको कम्मर कम्मर मात्रै आउने हुन्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग चुनावमा अरु कुनै पनि पार्टीले लड्नै नसक्ने वताएका छन् । ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गदैं अध्यक्ष ओलीले पार्टीमा कुनै विभाजन नआएको तर पार्टीवाट केही पात-पतिंगरहरु झरेर गएको भन्दै त्यसले पार्टीलाई कुनै क्षति नपुग्ने जिकिर गरे ।
एमाले पार्टी अहिले विभाजित भएको छ । १५ वर्ष पार्टीको नेतृत्वमा रहेका माधव नेपालले एमाले छोडेर अहिले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए ।
त्यसलाई ओलीले पार्टी फुटेको नभई केही नेताहरु चोइटिएर मात्र गएको बताएका हुन् ।
एमालेसँग असंख्य नेता कार्यकर्ता रहेको र देशलाई अगाडी वढाउने एकतावद्ध पार्टी रहेकोले पनि यो पार्टीसँग कसैले पनि प्रतिस्पर्धामा जितेर श्रेष्ठता हासिल गर्ने नसक्ने ओलीको जिकिर थियो ।
‘एमालेसँग एक्लै लड्न सकिन्न भन्ने सबैलाई थाहा छ । कसैले नचिताए हुन्छ । एक-एक दर्जन मान्छे भएका दश पार्टी मिल्दा कति हुन्छ ? १० दर्जन नै त भए होला नि होइन रु १२० जनाको मोर्चाले कसरी हामीसँग लड्ने ? अरु सबै जोड्दा पनि एमालेको कम्मर कम्मर मात्रै आउने हुन् ।’ ओलीले भने,–‘चुनावमा उठेपछि प्रतिस्पर्धी हुन्छन् । तर अबको चुनावमा एमालेको कसैसँग प्रतिस्पर्धा हुँदैन । एमालेबाट को उम्मेदवार बन्छ, अहिले थाहा छैन, तर जो उठे पनि जित्छ । हामीले प्रतिस्पर्धा हुन दिने नै होइन ।’
अवको चुनाववाट झलमल्ल सूर्य उदाउने पनि ओलीले बताए । उनले अहंकारी बाटो नर्क जाने वाटो हो, शालिन भएर प्रस्तुत हुन नेता कार्यकर्तालाई पनि निर्देशन दिए ।
ओलीले आफु नेता कार्यकर्ताको उर्जा र आत्मविश्वासलाई सलाम गर्न आफु ललितपुरको महालक्ष्मी नगरपािलकाको लुभु आएको पनि ओलीको भनाई थियो । ओली भेलालाई सम्वोधन गरेर फर्किसकेका छन् । उनी फर्किदा युवा संघका नेता कार्यकर्ताले ओलीको पक्षमा नाराजुलुश पनि लगाएका थिए ।

















Ballot papers printing in the final phase: Janak Education Materials Centre
17 days left to go for HoR polls: Publicity campaign begins today
पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र हुँदै
महाशिवरात्रिः पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, लाखौँले गरे दर्शन
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
प्रतिक्रिया