माधव र मैले लड्डु खाएको स्वाद नजाँदै पार्टी दुई भइहाल्यो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लड्डुको स्वाद जान नपाउँदै पार्टी टुक्रिएको बताएका छन् । पार्टीको भातृ संगठन वाइसिएल नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै आफूहरूले खुसी हुँदै खाएको लड्डुको स्वाद जान नपाउँदै पार्टी विभाजन भएको बताएका हुन् ।
भेलामा बोल्दै उनले भने, ‘केपी ओलीले पहिलोपटक गरेको संसद (प्रतिनिधिसभा) विघटन सर्वोच्च अदालतले पुनस्र्थापना गरेपछि माधव कमरेड र मैले लड्डु खाइयो, लड्डुको स्वाद गएको थिएन, पार्टी दुई भइहाल्यो, ठाउकोमा घन आइहाल्यो ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै सर्वोच्च अदालतमा पुनस्र्थापनाको माग गर्दै रिट परेको थियो । सोही रिटमाथि सर्वोच्चले गत फागुन ११ गते संसद पुनस्र्थापना हुने फैसला गरेको थियो । सोही क्रममा खुसी साटासाट गर्दै माधव नेपाल र प्रचण्डले एक आपसमा लड्डु खुवाएका थिए ।
यस्तै, उनले एउटा जित भयो भनेर रिल्याक्समा बस्दा अर्को बज्रपात आइलाग्ने हुँदा नमात्तिकन चुनौतीको सामना गर्नु पर्नेमा चनाखो हुन वाइसिएललाई आग्रह गरे ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया