माधव र मैले लड्डु खाएको स्वाद नजाँदै पार्टी दुई भइहाल्यो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लड्डुको स्वाद जान नपाउँदै पार्टी टुक्रिएको बताएका छन् । पार्टीको भातृ संगठन वाइसिएल नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै आफूहरूले खुसी हुँदै खाएको लड्डुको स्वाद जान नपाउँदै पार्टी विभाजन भएको बताएका हुन् ।
भेलामा बोल्दै उनले भने, ‘केपी ओलीले पहिलोपटक गरेको संसद (प्रतिनिधिसभा) विघटन सर्वोच्च अदालतले पुनस्र्थापना गरेपछि माधव कमरेड र मैले लड्डु खाइयो, लड्डुको स्वाद गएको थिएन, पार्टी दुई भइहाल्यो, ठाउकोमा घन आइहाल्यो ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै सर्वोच्च अदालतमा पुनस्र्थापनाको माग गर्दै रिट परेको थियो । सोही रिटमाथि सर्वोच्चले गत फागुन ११ गते संसद पुनस्र्थापना हुने फैसला गरेको थियो । सोही क्रममा खुसी साटासाट गर्दै माधव नेपाल र प्रचण्डले एक आपसमा लड्डु खुवाएका थिए ।
यस्तै, उनले एउटा जित भयो भनेर रिल्याक्समा बस्दा अर्को बज्रपात आइलाग्ने हुँदा नमात्तिकन चुनौतीको सामना गर्नु पर्नेमा चनाखो हुन वाइसिएललाई आग्रह गरे ।
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया